After SEE Portal

प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट (साप्ताहिक शैक्षिक गतिविधि जेठ ५–१२)

Bridge Course

सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ ।

उपत्यकाभित्रका सबै नगरपालिकाले प्रधानाध्यापक नियुक्तिमा अबदेखि ‘सूर्यविनायक नगरपालिका मोडेल’ लाई अपनाउने भएका छन् । 

काठमाडौ महानगरपालिकाको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छानो हिजो साझ  वर्षासँगै आएको हावाहुरीले  उडाएको छ।

६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच पुऱ्याउने स्थानीय तहहरूसंग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

नेपालको तिनदिने भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले अष्ट्रेलियाका विद्यार्थी नेपाल आउन सहजीकरण गरिदिने बताएका छन् ।

शंकरदेव क्याम्पसका पदाधिकारीले दिए राजिनामा

शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशकले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन् ।

सहायक क्याम्पस प्रमुख मिखा श्रेष्ठले मंगलबारदेखि हुने भनिएको कक्षाइ स्थगित भएको जानकारी दिइन्। क्याम्पसमा पदाधिकारी नहुँदा सम्पूर्ण शैक्षिक कार्यक्रम प्रभवित भएको उनले बताइन् ।

क्याम्पस प्रमुख केशवराज जोशीले व्यक्तिगत कारणले राजीनामा दिएको र आफ्नो राजीनामाले क्याम्पसको शैक्षिक वातावरण प्रभावित नभएको बताए । उनले भने, ‘व्यक्तिगत कारणले राजीनामा दिएको हो । मेरो राजीनामाले शैक्षिक वातावरण प्रभावित भएको छैन ।’ राजीनामा स्वीकृत नभइसकेकाले विद्यार्थीको काम–कारबाही नरोकिएको उनको भनाइ छ ।

सिल्भर माउन्टेन स्कु अफ होटल म्यानेजमेन्टले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्ने भएको छ । चिकित्सा शिक्षा शिक्षा अध्ययनका लागि चालु शैक्षिक वर्षमा ९७२ जना नेपाली विद्यार्थी विदेसिएका छन् ।

A Levels MA
Thuprai - Books and E-books