After SEE Portal

सिल्भर माउन्टेनले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्ने

Bridge Course

सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यो दुई वर्षे , चार सेमेष्टरको  कार्यक्रम हो । बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयबाट सम्बन्धन  लिएर सञ्चालन गरेको छ । एमबीए भन्दा केही फरक विशेषता सहित यो कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

विद्यार्थीलाई करियर उन्मुख डिग्री मात्र प्रदान गर्ने नभइ प्रामाणिक नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्दै आएको कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका होटलमा काम गर्न उच्च पदस्थ जनशक्ति अभाव देखिएको हुँदा उक्त अभाव पुरा गरी स्वदेशमा नै स्टार होटल सञ्चालन तथा व्यवस्थापकीय कुशलता प्रदान गर्न, चेन होटलमा चाहिने जनशक्ति उत्पादन गर्न यो कोर्स सञ्चालनमा ल्याइएको कलेजका अध्यक्ष समिर थापा बताउँछन् ।

अध्यक्ष थापाका अनुसार नेतृत्व विकास गराउन एमबीए कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यो कार्स पढ्नका लागि स्नातक तह उत्तीर्ण जुन सुकै विषयबाट पास भएका विद्यार्थीले भर्ना पाउँछन् ।

विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान र व्यावहारिक  सिप प्रदान गर्दै कक्षा सञ्चालन गर्ने अध्यक्ष थापा बताउँछन् ।

यो कक्षा चार सेमेष्टरमा सञ्चालन गरिने छ । यो कोर्स पढ्न ८ लाख २५ हजार शुल्क लाग्छ । कलेजले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने अध्यक्ष थापा बताउछन् । यसका अलवा हरेक सेमेष्टरमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्तवृत्ति प्रदान गर्ने छ ।

 

A Levels MA
Thuprai - Books and E-books