हाम्रो बारेमा

गत १० वर्षदेखि शिक्षा क्षेत्रका सेवाग्राही र सेवा–प्रदायकहरूलाई एक आपसमा जोड्ने सेतुको काम गर्दै जाँदा हामी बिचमा एउटा अभाव सधैं खड्कीरह्यो। त्यो हो नेपाली भाषा । हुन त विश्वभरि बोलिने भाषा हो अंग्रेजी, तर त्यहि कुरा अंग्रेजीमा लेख्दा कता–कता के नपुगे जस्तो, शाब्दिक मिठास नआए जस्तो पाठक तथा हामीलाई महसुस भयो । शब्दले अर्थ त प्रदान गर्यो, पाठकहरूले बुझ्नु पनि हुथ्यो होला, तर आम नेपालीका लागि कमी भएको महसुस गरी त्यहि मिठास पस्कने जमर्को गर्दै छौ, edupatra बाट। अब सूचना र समाचार मात्र होइन, स्वतन्त्र र निष्पक्ष विश्लेषणबाट तपाईंहरूलाई सुसूचित गराउने छौं हामी।

शिक्षाविद्का विचारोत्तक लेख–रचनाहरू देखि लिएर विद्यालय, विश्वविद्यालयदेखि संघ प्रदेश हुँदै सिंहदरबारभित्र देखिएका र नदेखिएका सत्य तथ्य घटनाहरूको खोजमूलक प्रस्तुति हुने छ edupatra मा ।

सुन्दर, सभ्य तथा शिक्षित नेपालको परिकल्पना सहित थालिएको यो अभियानमा तपाईंहरूको माया, साथ, सहयोग र समर्थन रहनेछ भन्ने पूर्ण विश्वास गरेका छौं ।