After SEE Portal

तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने

Bridge Course

सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ ।

क्षमतावान शिक्षक नियुक्त गर्ने लक्ष्य सहित गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको हो । गाउँपालिकाको अनुसार सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न लागिएको पालिका अध्यक्ष प्रोण प्रताप केसी बताउँछन्।

स्वर्णिम अवकाश योजना कार्यक्रम कार्यान्वयन

गाउँपालिकाले २० वर्ष सेवा अवधि पुगेका शिक्षकहरूलाई अवकाश सुविधा दिने तयारी गरेको छ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार अभियान सञ्चालन गर्ने भन्दै पालिकाले २० वर्षसेवा अवधि पुगेका ५५ वर्ष माथिका इच्छुक शिक्षकहरुलाई सुविधासहित अवकाश योजना ल्याएको हो ।

पालिकाभित्रका सामुदायिक विद्यालयको प्राथमिक तह १ देखि ५, निम्न माध्यमिक तह ६ देखि ८ को दरबन्दीमा कार्यरत २० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पूरा भएका इच्छुक शिक्षकहरुलाई नयाँ सुविधासहित अवकाश दिन लागेको छ।

स्वर्णिम अवकाश योजना कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ अनुसार अवकाश सेवा लिने पालिकाभित्र कार्यरत इच्छुक शिक्षकले आवश्यक कागजातसहित पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने शिक्षा अधिकृत मेनुका बास्कोटाले बताइन् ।

कार्यविधिले शैक्षिक अवकास लिन चाहने शिक्षकलाई रु. ३ लाख रुपियाँ उपलब्ध गराउने व्यवस्था गरेको छ। आधारभूत तह कक्षा १–५ र ६–८ सम्मको प्रधानाध्यापकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको, १–८ सम्मको लागि स्नातक तह वा सोसरह, माध्यमिक तहको लागि मान्यता प्राप्त विश्व विद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्र्तीण हुनुपर्ने पालिकाले आवश्यक न्यूनतम योग्यतासमेत निर्धारण गरेको छ।

शिक्षक संघ संस्थाको कार्यक्रममा भाग लिन नपाउने

बैतेश्वरका शिक्षक कार्यालय समयमा संघ संस्थाको कार्यक्रममा भाग लिन नपाउने निणय गरेको छ ।

 दोलखाकै बैतेश्वर गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक तथा अन्य कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कार्यालय समयमा कुनै पनि संघ संस्थाको कार्यक्रममा सहभागी हुन नपाउने निर्णय गरेको हो। कार्यक्रममा सहभागी भए नियमानुसार कारबाही गरिने पालिका अध्यक्ष छवि लामाले बताए।

A Levels MA
Thuprai - Books and E-books