After SEE Portal

‘बुक फ्री फ्राइडे’ कार्यक्रम उत्साह जनक रुपमा सञ्चालन हुँदैः प्रमुख बालेन

Bridge Course

काठमाडौ महानगरपालिकाको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

 महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरका सबै विद्यालयहरुमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम उत्साहजनक रुपमा सञ्चालन भैरहेको र ५६ विद्यालयमा सुरु भएको जनाएका छन् ।

कार्यक्रम अन्तर्गत ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला नङ कुँदेर बेलबुट्टा भर्ने काम, पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन् । फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान वायरिङ् एण्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ ।

यसका अलावा अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूहगत छलफलका क्रियाकलाप गर्दै रमाउँदै कार्यक्रम सञ्चालन गरिरहेका छन् । साथै खाना पकाउने, व्यक्तिगत र घर सरसफाइका कलासहित अन्य व्यावहारिक ज्ञानका विषय समावेश गरिएको छ ।

कस्तो हुँदै छ कार्यक्रम

महानर प्रमुखको टोली कार्यक्रम कार्यान्वयनमा आए यता हरेक शुक्रबार विद्यालयको अनुमनमा पुग्ने गरेका छन् । पहिलो शुक्रबार दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयको अनुगमनमा पुगेको थियो ।

दोस्रो शुक्रबार शिवपुरी माध्यमिक विद्यालय, र पद्मकन्या विद्याश्रमको निरीक्षण टोली पुगेको थियो । सामाजिक सञ्जालमा एउटा भिडियोसहितको पोस्टमार्फत बालेनले लेखेका छन्– ‘हाम्रो चुनावी घोषणापत्रमा हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरिएको थियो । सोही घोषणा अनुरूप महानगरको सबै सामुदायिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ ।’

कार्यक्रम सञ्चालन भएको आज तेस्रो हप्तामा वडा नम्बर ५ स्थित टंगाल मावि र वडा नंं २५ स्थित कन्या माविमा महानगरपालिका प्रमुख बालेन्द्र शाहको टोली अनुगमनका लागि पुगेका हो।

टंगाल माविका कक्षा ९ मा अध्ययनरत विद्यार्थीको काष्ठकला र मोबाइल मर्मत सम्बन्धी तालिमको प्रमुख शाहले कक्षाकोठामा नै पुगेर अवलोकन गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उक्त कार्यक्रममा सहभागी नभएका विद्यार्थीले अन्य अतिरिक्त क्रियाकलापमा हस्तकला बनाउने, कक्षा कोठा सजाउने गरेको उनले सार्वजनिक गरेका छन् ।

त्यस्तै कन्या माविमा सौन्दर्य कला र कपाल शैली ९हेयर स्टायल०, कपडा निर्माण कक्षाको अवलोक नगरेका छन् । सो कक्षामा सहभागी नभएका अन्य विद्यार्थीले भने निर्वाचनको अभ्यास कार्यक्रम आयोजना गरेका थिए।

विद्यार्थी आफै उम्मेदवार, निर्वाचन अधिकृत, पर्यवेक्षक, मतदाता बनेर निर्वाचनको अभ्यास कार्यक्रम सञ्चालन गरेको प्रमुख शाहको फेसबुक पेजमा सार्वजनिक गरिएको स्टाटसमा उल्लेख गरिएको छ ।

विद्यालयमा ‘इको क्लब’ को लोगो समेत प्रदान गरिएको छ । चालु आर्थिक वर्षका लागि रु. एक लाख विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागि प्रत्येक विद्यालयलाई रु दुई लाखका दरले बजेट बिनियोजन गरिएको उनको भनाइ छ ।

 

A Levels MA
Thuprai - Books and E-books