CMAT

वर्षासँगै आएको हावाहुरीले विद्यालयमा क्षति

Bachelors Portal

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छानो हिजो साझ  वर्षासँगै आएको हावाहुरीले  उडाएको छ।

१५० जना विद्यार्थी भएको कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयको दुईओटा भवनको जस्तापाताको छाना उडाएको हो।

फोटोः रासस

हावाहुरीले एउटा आईसीटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको प्रधानाध्यापक देवेन्द्र श्रेष्ठले बताए।

हावाहुरीले बिम तथा गारोसहित छाना उडाएपछि एक सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयको पठनपाठन अन्योलमा छ। हावाहुरीले क्षति पुर्याएको भवनमा केही दिनभित्रै छाना हालेर नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले बताए।

२०२३ जेठ २ गते स्थापना भएको सो विद्यालयमा गत वर्षको वैशाख ६ गते आएको हावाहुरीले पनि क्षति पुर्याएको थियो। प्रधानाध्यापक श्रेष्ठका अनुसार क्षतिको विवरण संकलन गर्न स्थानीय सरकार तथा प्रशासनलाई  जानकारी गराइएको छ ।

बर्सेनि हावाहुरीले क्षति गर्दै आएको सो विद्यालयमा अधिकांश पुरानो संरचनाका भवन रहेकाले कुनै बेला मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना रहेको अभिभावकले बताएका छन्।

Thuprai - Books and E-books
I Tech store