A Levels MA

धेरै विद्यार्थी फेल हुने निश्चित भएपछि कार्यविधि प्रयोगमा ल्याइएन (साप्ताहिक शैक्षिक गतिविधि साउन ७–१३)

पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको  लेटर ग्रेडिङ निर्देशिका, २०७८  गत पुस ७ गते मन्त्रीस्तरीय निर्णयले स्वीकृत गर्यो । निर्देशिकाले लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज गर्दै माध्यमिक शिक्षा परीक्षा एसईईमा विद्यार्थीको  उत्तीर्णा्कको अन्तिम विन्दु ३५ अङ्क  निर्धारण गर्यो । सञ्चार माध्यमले केही दिनलाई मसलाको रुपमा प्रयोग गरे । विद्यार्थीमा परीक्षाको आतङ्क शिर्जना भयो । कोरोना महामारीका कारण एकातर्फ विद्यालय नै जान नपाएका विद्यार्थी अर्कोतर्फ उत्तीर्णाङ्क ३५ तोकियो । सो निर्देशिकाले ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् ननग्रेडेडमा राख्ने व्यवस्था गरेसंगै विद्यार्थीमा पुनः एसईईको हाउगुजी देखा पर्यो ।

राष्ट्रिय परीक्षा बोर्डले पनि एसईईको तयारी, परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षण, डाटा प्रशोधन लगायतका सबै काम सक्यो । एसईईको नतिजा असार ११ गते सार्वजनिक गर्ने भनेर सम्पूर्ण काम सक्यो । १० गते दिउसो बसेको बोड बैठकले  नयाँ निर्देशिका अनुसार नतिजा प्रकाशन गर्दा करिब एक तिहाइ विद्यार्थी फेल हुने देखिएपछि नयाँ निर्देशिकालाई निष्क्रिय पार्दै सबै विद्यार्थीलाई कक्षा ११ मा  प्रवेशको ढोका  खोलिदिएको बोर्ड उच्च स्रोतले जानकारी दियो । बोर्डका  अनुसार धेरै विद्यार्थीले सैद्धानितकमा पाँच अङ्क ल्याउने विद्यार्थीलाई पनि प्रयोगात्मकमा विद्यालयले २५ अङ्क नै  दिएको पाइएको छ । बोर्ड सूत्रका अनुसार धेरै विद्यार्थीको प्राप्ताङ्क ३० छ । त्यसैले बाध्य भएर निर्देशिका  निष्क्रिय बनाइएको हो ।

परीक्षाको फोबियाबाट ग्रसित विद्यार्थीलाई शान्त त बनायो तर नतिजा प्रकाशन गर्दा कोरोना महामारीका अघिल्ला दुई वर्ष विद्यालयले गरेको मूल्याङ्कनलाई आफैले गरेको प्रमाणीकरणलाई वेवास्ता गर्दै २०७५ र २०७८ को नतिजा तुलाना गरीदियो । बोर्डले प्रकशन गरेको नतिजामा ४२ जनाले ४.० जीपीए ल्याएका छन् भने ३.६–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या  ९ हजार ६३३ रहेको छ  छ।  

पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। तीमध्ये ११ हजार ४५४ विद्यार्थी विगत दुई वर्षदेखिको ग्रेड सुधार परीक्षामा सहभागी भएका थिए । भने, १४ हजार ५६४ विद्यार्थी प्राविधिक धारका विद्यार्थी भएको बोर्डले जानकारी दियो ।  गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।  एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी अनुपस्थित भएका थिए । ४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको बोर्डले जानकारी दियो ।

इडियुसञ्जालले साउन सात गते सञ्चालन गरेको इडियुसञ्जाल प्लसटु स्कलसिप २०२० को पहिलो मेरिटलिष्ट सार्वजनिक गरेको छ ।इडियुसञ्जालले सञ्चालन गरेको प्रवेश परीक्षाको नतिजा र एसईईको नतिजाका आधारमा मेरिटलिष्ट सार्वजनिक गरेको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले सेवाप्रवाहलाई सहज बनाउन हेल्पडेस्क स्थापना गरेको छ। पनिकामा विद्यार्थीले भागेका समस्याको विषयमा इडियुपत्रले बारम्बार समाचार प्रकाशन गरेपछि हल्प डेस्क स्थापना गरेको  हो ।   विद्यार्थी तथा अन्य सरोकारवालाका लागि कार्यालयको सोधपुछ शाखामा सहायता कक्ष (हेल्पडेस्क) सञ्चालनमा ल्याएको जनाएको हो।

कार्यालयले प्रवाह गर्ने सेवाका विषयमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१४२७७५८५ मा सम्पर्क गरी बुझ्न सकिने पनिकाले जारी गरेको सूचनामा उल्लेख छ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ।

प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरेको हो।

त्रिविको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ४ मा शिक्षक तथा कर्मचारीहरूको दरबन्दी कार्यकारी परिषद्ले तोकेबमोजिम हुने उल्लेख छ ।

विश्वविद्यालय र अन्तर्गतका आंगिक क्याम्पसमा शिक्षक ७ हजार ९३८ र कर्मचारी ८ हजार १२४ समेत १६ हजार ६२ दरबन्दी रहेको छ । तर त्रिविमा अहिले शिक्षक ५ हजार १३४ कार्यरत छन् ।

त्रिविमा  २ हजार ८०४ जना शिक्षक दरबन्दी रिक्त छ । त्यसैगरी, कर्मचारी तर्फ २ हजार ७६२ पद रिक्त रहेको महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार ५ हजार ३६२ जना कर्मचारी मात्र कार्यरत छन् ।

प्रतिवेदनअनुसार हाल त्रिविमा १० हजार ४९६ जना मात्र शिक्षककर्मचारी कार्यरत छन् । शिक्षक ३५।३२ प्रतिशत र कर्मचारी ३३।९९ प्रतिशत रिक्त रहेको देखिन्छ । कार्यरत कर्मचारीमध्ये श्रेणीविहीन कर्मचारी १ हजार ९४७ जना छन् ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको त्रिचन्द्र कलेजको पुनःनिर्माण नभएपछि विद्यार्थीले गरेको चरणबद्ध आन्दोलका कारण सरकारले यसको जीर्णोद्वार गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि त्रिचन्द्र क्याम्पस जीर्णोद्वार गर्न ७० करोड रुपियाँ उपलब्ध गराउने  भएको  हो ।

शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको छ ।अनुमानका भरमा विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादन मूल्याङ्कन हुँदै आएको छ ।

विद्यार्थीको सिकाइ उपलब्धिलाई अक्षराङ्कनबाट प्रतिशतमा ढाल्ने भरपर्दो सूत्र तर्जुमा हुन नसक्दा अनुमानकै भरमा कासमू गरिँदै आएको छ ।

Thuprai - Books and E-books