After SEE Portal

त्रिचन्द्रको जीर्णोद्वार गरिने

Bridge Course

२०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको त्रिचन्द्र कलेजको पुनःनिर्माण नभएपछि विद्यार्थीले गरेको चरणबद्ध आन्दोलका कारण सरकारले यसको जीर्णोद्वार गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि त्रिचन्द्र क्याम्पस जीर्णोद्वार गर्न ७० करोड रुपियाँ उपलब्ध गराउने  भएको  हो ।

सहरी तथा भवन निर्माण विभागमार्फत पुराना भवनको जीर्णोद्वार हुने भएको छ। जीर्णोद्वारका क्रममा क्याम्पसको अघिल्लो भागको अहिलेको संरचनालाई  जस्ताको त्यस्तै बनाइने भएको छ  भने,  पछिल्लो भागमा कोठाहरू थपिने भएको छ ।  सो रकमले घण्टाघरतर्फको क्याम्पस भवन जीर्णोद्वार तथा पुननिर्माणमा खर्च गर्ने योजना बनाइएको क्याम्पस प्रमुख प्राडा सुनील अधिकारीले  जानकारी दिए  । ‘भवनको एक भाग खसेको छ। खसेको भागमा नयाँ संरचना राखेर भवन बनाइनेछ । अर्कोतर्फ रहेको भवनको भने जीर्णोद्वार मात्र गरिनेछ।’

आइतबार प्रधानमन्त्री देउवाले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल मुख्य सचिव शङ्करदास बैरागो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासनी शिक्षा सचिव रामकृयण सुबेदो पुरातत्व विभागका अधिकारीलगायत सरोकारवाला निकायका पदाधिकारीलाई बोलाएर जीर्ण भवनको पुनर्निर्माण गर्ने विषयमा छलफल गरी तत्काल पुनर्निर्माणका लागि निर्देशन दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

विसं १९७६ साल असोज २७ गते देखि विधिवत रुपमा सञ्चालनमा आएको कलेजको सो भवन भूकम्पपछि रातो स्टिकर टासिएको थियो । त्रिचन्द्र क्याम्पसले १९७५ साल भदौमा भारतको कोलकाता विश्वविद्यालयको सम्बन्धनमा पढाइ सुरु गरेको थियो। सुरुमा त्रिभुवन चन्द्र क्याम्पसको नाममा स्थापना भएको भए पनि यस क्याम्पसको नाम अहिले त्रिचन्द्र रहेको छ।

रातो स्टिकर टासिएपछि पनि विद्यार्थीहरू सोही भवनमा  पढ्न बाध्यभएपछि सत्ता साझेदार दल सम्बद्ध विद्यार्थी नै आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीहरूले ‘शिक्षा मन्त्रालय हराएको सूचना’, ‘सेभ द त्रिचन्द्र, ’, ‘प्रधानमन्त्री ज्यू, तपाईं पढेको कलेज कहिले बन्ने ?’लेखेका प्लेकार्ड बोकेर सडमा उत्रिएका थिए ।

फोटोः मुकुन्द कालिकोटे
A Levels MA
Thuprai - Books and E-books