After SEE Portal

४२ जनाको जीपीए ४.०

Bridge Course

https://see.edusanjal.com/ बाट नतिजा केहि बेरमा हेर्न सकिनेछ ।

आज सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४२ जना विद्यार्थीले ४.० जीपीए ल्याएका छन् ।

४ लाख ९५ हजार ७५१ परीक्षार्थी मध्ये ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले  जानकारी दियो ।

सो परीक्षामा २२ हजार ६ ४० जना विद्यार्थी अनुपस्थित रहेका थिए । ३.६–४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ जना, ३.२–३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७, २.८–३.२ सम्म जीपीए ल्याउने विद्यार्थीको  संख्या ६९ हजार ९००, २.४–२.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ७५८, २.०–२.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३, १.६–२ जीपीए ल्याउने विद्यार्थी  १ लाख ५९४ , १.२–१.६ समूहको जीपीए ल्याउने विद्यार्थी ४४ हजार ५८६ ,०.८–१.२ जीपीए ल्याउने विद्यार्थीको संख्या ३ हजार २८०  जना पर्न सफल भएका छन् ।

पछिल्लो समय लेटर ग्रेडिङ निर्देशका जारी गरेर नन ग्रेडको व्यवस्था गरेको बोर्डले यो वर्षको एसईईमा  नन् ग्रेडलाई भने कार्यान्वयन गरेन ।

कक्षा ११ मा विद्यार्थी भर्नाका आधार

एसईईको नतिजा सार्वजनिक भएसंगै कक्षा ११ मा  भर्नाको बाटो खुलेको छ ।

शैक्षिक वर्ष २०७९ मा कक्षा ११ मा विद्यार्थी भर्नाका आधार सम्बन्धमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को  पछिल्लो निण्र्मय अनुसार  साधारण शिक्षा तर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६  प्राप्त गरी कक्षा १० मा पढेका अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने छ ।

कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणितबाहेक अन्य विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट जीपीए १.६   प्राप्त गरी कक्षा १० मा पढेका अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा डी प्लस  ग्रेड प्राप्त गरेको हुनुपर्ने छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ कक्षा ११ मा विद्यार्थी भर्नाका लागि पुरानै मान हुन जनाएको छ ।

परम्परागत शिक्षाअन्तर्गत गुरुकुल, मदरसा, गोन्पातर्फ कक्षा ११ मा विद्यार्थी भर्नाका लागि शैक्षिक वर्ष २०७६ कै भर्नाका आधारलाई आधार मान्ने जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books