Edusanjal

त्रिवि पनिकामा हेल्प डेस्क स्थापना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले सेवाप्रवाहलाई सहज बनाउन हेल्पडेस्क स्थापना गरेको छ। पनिकामा विद्यार्थीले भागेका समस्याको विषयमा इडियुपत्रले बारम्बार समाचार प्रकाशन गरेको थियो ।  कार्यालयले सूचना जारी गर्दै विद्यार्थी तथा अन्य सरोकारवालाका लागि कार्यालयको सोधपुछ शाखामा सहायता कक्ष ९हेल्पडेस्क० सञ्चालनमा ल्याएको जनाएको हो।

कार्यालयले प्रवाह गर्ने सेवाका विषयमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१४२७७५८५ मा सम्पर्क गरी बुझ्न सकिने पनिकाले जारी गरेको सूचनामा उल्लेख छ।

+2 School
Counseling
Bachelors Portal