Managed Admission 2022

एसईईको नतिजामा माथिल्लो जीपीए र तल्लो जीपीए समूहमा पास हुने विद्यार्थी विगत भन्दा कम

Bachelors Portal

https://see.edusanjal.com/ मा आफ्नो नतिजा  हेर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको  माध्यमिक शिक्षा परीक्षा (एसईई)   परीक्षाको नतिजामा  उच्च जीपीए ल्याउने विद्यार्थी र तल्लो समूहको जीपीए ल्याउने विद्यार्थीको संख्या   घटेको छ भने मध्म वर्गको जीपीए समूहमा पर्ने विद्यार्थी बोर्डले लिएको विगतको परीक्षाभन्दा बढेका छन् ।

आज प्रकाशित नतिजा अनुसार, जीपीए ३.६–४ र ३.२–३.६ ल्याउनेको संख्यामा कमी आएको छ । भने, तल्लो समूहको जीपीएमा ३.६–४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ जनाले ल्याएका छन् । कुल विदार्थी मध्ये १.९४ प्रतिशतले उच्च जीपीए ल्याएका हुन् । विगत दुई वर्ष कोरोना महामारीका  कारण विद्यालयको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरेको बोर्डले यो वर्ष आफैं परीक्षा सञ्चालन गर्दा शैक्षिक सत्र २०७५ को भौतिक परीक्षाको तुलनामा  १.८८ प्रतिशत कम विद्यार्थीले यो जीपीए ल्याएका हुन् ।

त्यसैगरी २०७८ को एसईईमा  ३.२–३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको छ । यो कुल विद्यार्थीको ८.४० प्रतिशत हो । यो समूहको जीपीए पनि २०७५ को भन्दा २.७४ प्रतिशत  कम विद्यार्थीले ल्याएका छन् ।

त्यस्तै, २.८–३.२ सम्म जीपीए ल्याउने विद्यार्थीको  संख्या ६९ हजार ९०० रहेको छ । यो कुल विद्यार्थीको १४.१० प्रतिशत हो । यो समूहको जीपीए ल्याउने विद्यार्थी २०७५ भन्दा ०.२२ प्रतिशत बढी रहेको छ ।

त्यस्तै २.४–२.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ७५८ रहेको छ । यो कुल विद्यार्थीको १८.३१ प्रतिशत हो । यो समूहको जीपीए ल्याउने विद्यार्थी २०७५ भन्दा १.६४ प्रतिशत बढिरहेका छन् । त्यसैगरी, २.०–२.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेका छन् । कुल विद्यार्थी मध्ये २२.७४ प्रतिशतले यो जीपीए ल्याएका छन् । यो समूहको जीपीए ल्याउने विद्यार्थी २०७५ भन्दा १.३६ प्रतिशत बढी देखिएका छन् ।

त्यस्तै १.६–२ जीपीए ल्याउने विद्यार्थी  १ लाख ५९४ जना रहेका छन् ।कुल विद्यार्थी मध्ये २०.२९ रहेका छन् । यो समूहमा २०७५ को भन्दा ०.४६ प्रतिशत कम विद्यार्थी परेका छन् । त्यस्तै, १.२–१.६ समूहको जीपीए ल्याउने विद्यार्थी ४४ हजार ५८६ जना रहेका छन् । यो कुल विद्यार्थीको प्रतिशतमा ८.९९४ प्रतिशत हो । यो समूहमा  पनि २०७५ भन्दा  ०.५५ प्रतिशत कम विद्यार्थी परेका छन् ।

त्यस्तै, ०.८–१.२ जीपीए ल्याउने विद्यार्थीको संख्या ३ हजार २८० रहेको छ । यो समूहमा  पनि २०७५ भन्दा ०.३० प्रतिशत कम विदार्थी बढी रहेका छन् । त्यस्तै २०७५ को एसईईमा  ८ हजार ४६९ जना विद्यार्थी अनुपस्थित रहेकोमा  यो वर्ष २२ हजार ६४० जना विद्यार्थी अनुपस्थित रहेका छन् । यो वर्ष २०७५ भन्दा २.७२ प्रतिशत बढी विद्यार्थी अनुपस्थित रहेका छन् ।

प्रदेशगत रुपमा एसईई

प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

यस्तै मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण हुँदा बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् । बागमतीको उत्तीर्ण प्रतिशत २१.६७ रहेको छ।

यसैगरी गण्डकी प्रदेशबाट ४६ हजार १२९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७, कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् । सबै प्रदेशबाट ४ लाख ९५ हजार ७५१ जना उत्तीर्ण भएकोको नतिजा प्रकाशित गरिएको छ ।​

I Tech store
Thuprai - Books and E-books