After SEE Portal

विद्यालय तत्काल खोल (साप्ताहिक शैक्षिक गतिविधि माघ ८–१४)

Bridge Course

निजी विद्यालय सञ्चालकको छाता सङ्गठनहरुले सरकारलाई तत्काल विद्यालय खोल्न सुझाव दिएका छन् । कोरोना विरुद्धको खोप लगाइ सकेका विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा पठनपाठन गर्ने व्यवस्था मिलाउन विद्यालय सञ्चालकहरुले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसंग माग गरेका छन् ।

विहिबार भएको छलफलमा विद्यालयहरु माघ २३ गतेदेखि सञ्चालन गर्ने व्यवस्था गरिदिन माग गरेका हुन् । खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा विद्यालय खोल्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) तथा एन प्याब्सनले माग गरेका हुन् ।

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई कोभिड विरुद्धको खोप बुस्टर डोज अविलम्ब उपलब्ध गराउनु पर्ने, विद्यार्थीलाई खोप लगाइ विद्यालय सञ्चालन हुनु पर्ने माग सहित प्याब्सनले ज्ञापन पत्र बुझाएको हो ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ ।

कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन् । खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि माघ २५ गते सम्म प्रस्ताव पठाउन विद्यालयलाई सूचित गरेको छ ।

केन्द्रले आज सूचना प्रकाशित गरी सबै शिक्षा विकास तथा समन्वय इकाइलाई कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ बमोजिम प्रस्तावना पेश गर्ने विद्यालयहरूको स्थानीय तहबाट सिफारिस सहित प्राप्त प्रस्तावनाहरूको निर्देशिकाको परिच्छेद ४ को दफा १५ बमोजिमको कार्यान्वयन सहजीकरण समितिबाट अनुसूची २ वमोजिमको मूल्याङ्कन फारममा मूल्याङ्कन सहित पेश गर्न सूचित गरेको हो ।

ब्रिटिश काउन्सिलले २०२०–२०२१ मा इन्टरनेशनल स्कूल (आइएसए) अवार्ड पाउने विद्यालयको नामावली सार्वजनिक गरेको छ ।

सन् २०१२ यता नेपालका ४९३ विद्यालयले आइएसएमा भाग लिनका लागि आवेदन दिएका थिए भने १४६ विद्यालयले पूर्ण अवार्ड जितेका हुन् ।

एसईई वैशाखमा

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ । कक्षा १२ को परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुनेछ ।

बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले यसै साता दुवै परीक्षाका तालिका सार्वजनिक गरिने बताए । “तालिका सार्वजनिक भएपछि परीक्षाका बारेमा विद्यार्थी, शिक्षक तथा अभिभावकमा भइरहेको अन्योल हट्नेछ” उनले भने, “हामी आन्तरिक गृहकार्यमा व्यस्त छौँ । ओमिक्रोनको समस्याका कारण परीक्षा हुँदैन भन्ने भ्रमबाट मुक्त रहन आग्रह गर्छौं ।”

शिक्षा मन्त्रीका उपलब्धि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सेवा प्रवाह सुधारसम्बन्धी प्राथमिकता र हासम्मका उपलब्धि सार्वजनिक गरेका छन् ।

मन्त्री पौडेलले मन्त्रालयको कार्यभार सम्हालेपछिको सय दिनका अवधिमा शैक्षिक सुधारका लागि विभिन्न पहल भएका छन् तर सङ्घीय शिक्षा ऐन जारी गर्न अझै चुनौतीपूर्ण देखिएको छ । मन्त्रीले सार्वजनिक गरेको उपलब्धिमा यस विषयमा ठोस कदम उठाएको उल्लेख छैन ।

मन्त्री पौडेलले उक्त ऐन निर्माण, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने तथा शिक्षामा प्राविधिक र व्यावसायिक धारलाई बढाउन उच्च प्राथमिकता दिने बताउँदै आएका छन् । संविधानबमोजिम नयाँ शिक्षा ऐन जारी गरी विसं २०२८ सालको विद्यमान शिक्षा ऐन विस्थापन गर्न ढिलाइ भइसकेको छ । यो एने विस्थापित हुन नसक्दा अझै स्थानीय तहले आफ्नो भूमिका स्पष्ट पाउन सकेका छैन ।

शिक्षा क्षेत्रमा देखिने र चिरस्मरणीय हुने काम गर्ने सोचमा रहेका मन्त्री पौडेललाई कतिपय साना र प्रशासनिक कामले अल्झाइरहेको छ । पछिल्लो समयमा केही मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो बढेपछि कारबाही गर्न शिक्षामन्त्री पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेका छन् । तर यसमा पनि ठोस कदम के भइरहेको छ सार्वजनिक हुन बाँकी नै ।

उनले गत मङ्सिर ७ गते शैक्षिक सुधारका ३० बुँदा सार्वजनिक गरेका थिए । सङ्घीय शिक्षा ऐन, प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास ऐन, स्वास्थ्य प्रतिष्ठान सञ्चालनसम्बन्धी एकीकृत ऐन, उच्च शिक्षा ऐन, राष्ट्रिय योग्यता ढाँचा सिक्दै कमाउँदै कार्यक्रमको कार्यविधिहरूको मस्यौदा तयार भई स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाएको उद्घोष गरेका थिए ।

चिकित्सा शिक्षामा शुल्कसम्बन्धी गुनासो र समस्या समाधानका लागि स्थलगतरूपमा अनुगमनपश्चात् गृह मन्त्रालय, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, विश्वविद्यालय–प्रतिष्ठानहरू र जिल्ला प्रशासन कार्यालयबीच छलफल गरी कानुनबमोजिम नियमन गर्न निर्देशन जारी गरिएको छ ।

समयमा नतिजा सार्वजनिक गर्न त्रिविलाई मन्त्रीको निर्देशन

शिक्षा, मन्त्री पौडेलले यो हप्ता त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको आकस्मिक अनुगम पछि फास्ट ट्रयाकबाट नतिजा निकाल्न निर्देशन दिएका छन् ।

त्रिविका सहकुलपति पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिँदै भने, “कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ । नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो । त्यसैले फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् ।”

त्सस्तै ओमिक्रोन भेरियन्टको असरका कारण जोखिम नियन्त्रण अनिश्चित बनेपछि त्रिविले माघ ११ गतेबाट सबै सैद्धान्तिक कक्षा अनलाइनका माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविले आज सूचना जारी गरी सो जनाउ दिएको हो ।

सबै क्याम्पसले सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने र सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा बढीमा पाँच सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने सूचित गरिएको छ ।

कोभिड–१९ को तेस्रो लहरका रूपमा फैलिएको ओमिक्रोन भेरियन्टका कारण त्रिविले सम्पूर्ण परीक्षा स्थगित गरेको छ । त्रिविको आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

शिक्षक सेवा आयोगले आयोगका पदाधिकारी, दक्षविज्ञ र कर्मचारीको आचरणलाई सुसंस्कृत बनाउन आचारसंहिता लागू गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले यस्तो आचारसंहिता पहिलोपटक लागू गरिएको जानकारी दिए ।उनका अनुसार आचारसंहिता आयोगका पदाधिकारी, कर्मचारका साथै आयोगले सेवा लिने विज्ञहरुलाई समेत लागू हुनेछ ।

शिक्षक सेवा आयोगले आज शिक्षक बढुवा खुला गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको बढुवाको प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने ९७५ प्रतिशत० र आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने ९२५ प्रतिशत०का लागि विज्ञापन आह्वान गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books