MBA Managed Admission
Masters Portal

शिक्षामन्त्रीले त्रिवि पनिकामा आकस्मिक अनुगमन गरे

I Tech store

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको आकस्मिक अनुगम गरेका छन् ।

अनुगमनपछि उनले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।

त्रिविका सहकुलपति पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिँदै भने, “कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ । नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो । त्यसैले फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् ।”

पनिकाले अझै पनि परम्परागत तरिकाबाट नतिजा निकाल्ने गरेको देखेपछि उनले आश्चर्य व्यक्त गरे ।

सामान्यतया परीक्षा सकिएको तीन महिनापछि नतिजा आउने भए पनि छ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा शिक्षामन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले गुनासो गरे ।  

“जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर वा अस्थायी कर्मचारी ल्याएर भए पनि समयमा सेवाग्राहीको काम हुनप¥यो” शिक्षामन्त्री पौडेलले भने ।

देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन भन्दै उनले मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस् भने । मन्त्री पौडेलले ‘देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् ?’ भनी प्रतिप्रश्न गरे ।

उनले विद्यार्थीको मानविकी संकायमा धेरै गुनासो रहेको र त्यसलाई सम्बोधन गर्न निर्देशन दिँदै भने, “जनशक्ति थप्ने हाम्रो काम हो । त्यस बारेमा सेवाग्राहीलाई थाहा हुँदैन । गुनासो कम आउने गरी काम गर्नुहोस् ।”

परीक्षा नियन्त्रक जोशीले पुराना कर्मचारी अवकास हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्न एक वर्ष लाग्ने बताउँदै पनिकामा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनामात्र रहेको जानकारी दिए ।

 

Thuprai - Books and E-books