After SEE Portal

शिक्षक बढुवा खुल्यो

Bridge Course

शिक्षक सेवा आयोगले आज शिक्षक बढुवा खुला गरेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको बढुवाको प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने (७५ प्रतिशत) र आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत)का लागि विज्ञापन आह्वान गरिएको छ ।

आन्तरिक प्रतियोगिताका लागि प्राथमिक द्वितीयका लागि ४३३ पदसङ्ख्या, प्राथमिक प्रथमका लागि ११९ पदसङ्ख्या, निमा द्वितीयका लागि १२७ पदसङ्ख्या निमा प्रथमका लागि १८ पदसङ र मावि द्वितीयका लागि १३७ पदसङ्ख्या तथा मावि प्रथमका लागि ३३ पदसङ्ख्या कायम गरिएको छ । यस्तै कासमूका लागि क्रमशः एक हजार ३०७, ३५५, ३७२, ७१, ४२३ र ९४ कायम गरिएको छ ।

दुवै प्रतिस्पर्धाका लािग २०७७ साल चैत मसान्तसम्म सम्बन्धित तहको श्रेणीमा पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेका स्थायी शिक्षक हुनुपर्नेछ ।

तलको लिङ्कमा दुवै विज्ञापन हेर्न सकिनेछ

कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने (७५ प्रतिशत) शिक्षक बढुवाको सूचना - २०७८

आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन- २०७८

A Levels MA