After SEE Portal

आइएसए अवार्ड २०२०–२०२१ पाउने विद्यालयको घोषणा

Bridge Course

ब्रिटिश काउन्सिलले २०२०–२०२१ मा इन्टरनेशनल स्कूल (आइएसए) अवार्ड पाउने विद्यालयको नामावली सार्वजनिक गरेको छ ।

सन् २०१२ यता नेपालका ४९३ विद्यालयले आइएसएमा भाग लिनका लागि आवेदन दिएका थिए भने १४६ विद्यालयले पूर्ण अवार्ड जितेका हुन् ।

काउन्सिलले हिजो एक कार्यक्रमकाबीच अवार्ड पाउने विद्यालय सार्वजनिक गरेको हो । कार्यक्रममा २०१९–२० मा अवार्ड प्राप्त गर्ने विद्यालयहरुमा आदर्श जनप्रेमी अंग्रेजी माध्यमिक विद्यालय, भक्तपुर, ब्लु स्टार अंग्रेजी माध्यमिक विद्यालय, नवलपरासी, ब्राइट फ्युचर सेकेण्डरी स्कूल, काठमाडौं कन्टिनेन्टल इङ्लिस बोर्डिङ सेकेण्डरी स्कूल, नवलपुर, दमकडा मोडेल मावि, पाल्पा, दाउने इङ्लिस बोर्डिङ सेकेन्डरी स्कूल, नवलपरासी, धनकुटा बोर्डिङ स्कूल, धनकुटा, ईस्ट होराइजन इंग्लिश स्कूल, झापा, एलिक्सिर एकेडेमी, काठमाडौं, इमानुएल इङ्लिस बोर्डिङ स्कुल, सुनसरी, ग्यालेक्सी इङ्लिस स्कुल, नवलपरासी, ग्लोबल एजुकेयर एकेडेमी, झापा, ज्ञान सिन्धु मावि, दाङ, इन्टलएक्च्युअल एकेडेमी, रुपन्देही , किड्स हेभन इङ्लिस स्कूल, रुपन्देही लगायत ५४ ओटा विद्यालय रहेका छन् ।

अवार्ड पाउने विद्यालय

के हो आइएसए अवार्ड

ब्रिटिश काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (आइएसए) भनेको बेन्च मार्किङ स्कीम हो । यसले स्कुललाई उत्कृष्ट स्तरमा परियोजनामुखी शिक्षण विधिको माध्यमबाट युवालाई ग्लोबल सिटिजन बनाउने क्षमतामा अभिवृद्धि गराउने लक्ष्य राखेको छ । साथै पढाउने र अध्ययनको क्षमता बढाउँछ । सन् १९९९ बाट पाइलट प्रोग्रामका रुपमा काउन्सिलले यो कार्यक्रम सुरुवात गरेको हो ।  यो पुरस्कार पाउने विदालयले आइएसए ट्रफी, स्कुल, प्रिन्सिपल र कोअर्डिनेटरका लागि सर्टिफिकेट, कार्यालयका स्टेशनरी र प्रकासनमा आइएसएको छापको प्रयोग तथा प्रबन्धनात्मक सामग्री प्रदान गर्दछ ।

यो एउटा कनेक्टिङ क्लासरुम प्रोजेक्ट हो । नयाँ शिक्षण पद्धतिको रुपमा परियोजना विधिको प्रयोग हुन्छ । डिजिटल लिक्ट्रेसी क्रिटिकल थिङ्किङ एण्ड प्रब्लम सल्भिङ, क्रियटिभीटि एण्ड इम्याजिनेशन, स्टुडेनट लिडरसीप, कोलावोरेसन एण्ड कम्युनिकेशन र ग्लोवल सिटिजनसीपमा जोड दिने हुनाले यसको आवश्यकता बढ्दै गएको छ ।

A Levels MA