रसुवा बाढी: नुवाकोट, धादिङ र रसुवाका ३२ विद्यालयका ९ हजार ८ सय विद्यार्थी प्रभावित

नुवाकोट, धादिङ र रसुवा जिल्लामा आएको भीषण बाढीले ३२ वटा विद्यालयका झण्डै ९ हजार ८ सय विद्यार्थीको पठनपाठनमा गम्भीर असर पारेको छ। शिक्षा क्लस्टरका अनुसार, सेप्टेम्बर १ सम्मको तथ्यांकअनुसार अनुसार यी ३२ विद्यालयमध्ये २१ सामुदायिक, १० निजी र १ धार्मिक विद्यालय रहेका छन्।

बाढीले हालसम्म १७ विद्यालयमा भौतिक क्षति पुर्‍याएको छ, जसमा ९ सामुदायिक, ७ निजी र १ धार्मिक विद्यालय समावेश छन्। यीमध्ये ९ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त (६ सामुदायिक, २ संस्थागत र १ धार्मिक) भएका छन् भने ८ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त (३ सामुदायिक र ५ संस्थागत) भएका छन्।

यसका अतिरिक्त, रसुवा र नुवाकोटका ८ सामुदायिक विद्यालयलाई हाल १२ सय भन्दा बढी विस्थापितका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गरिँदैछ, जसका कारण करिब १३ सय विद्यार्थीको पढाइ अवरुद्ध भएको छ। केही विद्यालयमा भौतिक क्षति नभए पनि मानवीय क्षति वा अन्य असर परेको प्रतिवेदनमा उल्लेख छ।

शिक्षा क्लस्टरले धादिङ, नुवाकोट र रसुवाका १२ विद्यालयमा शिक्षक, शिक्षा कर्मचारी र विद्यार्थीहरू गरी कुल २६७ जना मृत वा बेपत्ता भएको अभिलेख राखेको छ। यसमध्ये १८ जना (१ शिक्षक र १७ विद्यार्थी) बाढीमा बगेको र २४९ जना (१५ शिक्षक र २३३ विद्यार्थी) बेपत्ता रहेको जनाइएको छ।

सबैभन्दा बढी घटना रसुवा जिल्लामा दर्ता भएका छन्, जसमा उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका विद्यालयबाट मात्रै २३३ घटना रिपोर्ट भएका छन्। सञ्चारमाध्यम र अन्य स्रोतका अनुसार करिब ३५० बालबालिका र ५० भन्दा बढी अभिभावक बेपत्ता हुनसक्ने आशंका छ। प्रतिवेदनमा भनिएअनुसार, नामविहीन वा अपूर्ण विवरण भएका घटनाहरूको हकमा हाल पहिचान प्रमाणीकरणको काम जारी छ।

प्रभावित विद्यालयको विवरण

जिल्ला

भौतिक क्षति भएका विद्यालय

आश्रयस्थलका रूपमा प्रयोग भएका विद्यालय

अन्य प्रभावित विद्यालय

पठनपाठन अवरुद्ध (कुल विद्यालय)

प्रभावित विद्यार्थी संख्या

धादिङ

३,७०५

नुवाकोट

१३

४,२५८

रसुवा

१,७६९

जम्मा

१७

३२

९,७३२

 

शिक्षक र विद्यार्थीहरूको अवस्था

शिक्षा क्लस्टरले धादिङ, नुवाकोट र रसुवाका १२ विद्यालयमा बाढीबाट प्रभावित शिक्षक, शिक्षा कर्मचारी र विद्यार्थीहरू गरी २६७ घटना दर्ता गरेको छ। यीमध्ये १८ जना बगेको (१ शिक्षक र १७ विद्यार्थी) र २४९ जना बेपत्ता (१५ शिक्षक र २३३ विद्यार्थी) रहेको जनाइएको छ। सबैभन्दा बढी घटना रसुवा जिल्लाबाट दर्ता भएका छन्, जसमा उत्तरगया गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका विद्यालयहरूबाट मात्रै २३३ घटना रिपोर्ट भएका छन्। नामविहीन वा अपूर्ण पहिचान विवरण भएका घटनाहरूको हकमा हाल प्रमाणीकरणको काम जारी छ।

कुल दर्ता भएका

बेपत्ता

बगेका

प्रतिनिधि विद्यालय

२६७

२४९

१८

१२

 

वर्ग र अवस्था अनुसार प्रभाव

वर्ग

बेपत्ता

बगेका

जम्मा

विद्यार्थी

२३३

१७

२५०

शिक्षक

१५

१६

अवर्गीकृत/अन्य

जम्मा

२४९

१८

२६७

 

विद्यालयगत प्रभाव

जिल्ला

विद्यालय

विद्यार्थी बेपत्ता

विद्यार्थी बगेको

शिक्षक बेपत्ता

शिक्षक बगेको

अन्य

जम्मा

रसुवा

नीलकण्ठ माध्यमिक विद्यालय

२००

२०४

रसुवा

कोमिश्यामे वाङफेल मा.वि.

१६

१७

नुवाकोट

चण्डेश्वरी मा.वि.

१२

१३

रसुवा

नेपाल राष्ट्रिय आधारभूत विद्यालय

रसुवा

चिप्लेटी आधारभूत विद्यालय

रसुवा

नव विजया माध्यमिक विद्यालय

धादिङ

देउराली माध्यमिक विद्यालय

धादिङ

न्यू किबौ बोर्डिङ स्कुल

धादिङ

पल्पसामारी भञ्ज्याङ मा.वि.

धादिङ

पशुपति मा.वि.

रसुवा

हाइल्यान्ड माध्यमिक विद्यालय

रसुवा

गोसाइँकुण्ड इंग्लिस बोर्डिङ स्कुल

जम्मा

 

२३३

१७

१५

२६७

 

विद्यालय पूर्वाधारमा परेको असरको विवरण

१ सेप्टेम्बर २०२६ सम्ममा, शिक्षा क्लस्टरले रसुवा, धादिङ र नुवाकोट जिल्लाभर नौ वटा पूर्ण रूपमा क्षतिग्रस्त विद्यालय (छ सामुदायिक, दुई संस्थागत र एक धार्मिक विद्यालय) र आठ वटा आंशिक रूपमा क्षतिग्रस्त विद्यालय (तीन सामुदायिक र पाँच संस्थागत विद्यालय) दर्ता गरेको छ, जसले गर्दा कुल प्रभावित विद्यालयको संख्या १७ पुगेको छ।

भौतिक असर

जिल्ला

पूर्ण क्षति: सामुदायिक

पूर्ण क्षति: संस्थागत

पूर्ण क्षति: धार्मिक

पूर्ण क्षति: जम्मा

आंशिक क्षति: सामुदायिक

आंशिक क्षति: संस्थागत

आंशिक क्षति: जम्मा

कुल जम्मा

रसुवा

नुवाकोट

धादिङ

जम्मा

१७

आश्रयस्थलका रूपमा प्रयोग भइरहेका विद्यालयहरूको विवरण

१ सेप्टेम्बर २०२६ सम्ममा नुवाकोट र रसुवा जिल्लाभर करिब आठ विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गरिएको छ, जहाँ हाल १२ सय ३० जना आश्रित छन्। यी विद्यालयमा  करिब १ हजार ३ सय ४३ विद्यार्थी रहेका छन्।

जिल्लागत विवरण:

जिल्ला

स्थानीय तह

विद्यालय संख्या

 

आश्रित

नुवाकोट

बेलकोटगढी नगरपालिका

 

२००

नुवाकोट

बिदुर नगरपालिका

 

४००

नुवाकोट

शिवपुरी गाउँपालिका

 

४०

रसुवा

गोसाइँकुण्ड गाउँपालिका

 

१५०

रसुवा

उत्तरगया गाउँपालिका

 

४४०

जम्मा

 

 

१,२३०


 

स्थानीय तह र विद्यालयगत विवरण

क्र.सं.

जिल्ला

स्थानीय तह

विद्यालयको नाम

EMIS अनुसार कुल विद्यार्थी भर्ना

आश्रित

रसुवा

उत्तरगया गाउँपालिका

नीलकण्ठ माध्यमिक विद्यालय

४९६

२००

रसुवा

गोसाइँकुण्ड गाउँपालिका

कोमिन श्यामेवानफेल माध्यमिक विद्यालय

१२६

१५०

नुवाकोट

बिदुर नगरपालिका

रणभुवनेश्वरी माध्यमिक विद्यालय

३००

२००

नुवाकोट

बिदुर नगरपालिका

सुन्दरी केउरिनी माध्यमिक विद्यालय

१३८

२००

रसुवा

उत्तरगया गाउँपालिका

शिवालय आधारभूत विद्यालय

४३

२००

रसुवा

उत्तरगया गाउँपालिका

भीमसेनथान आधारभूत विद्यालय

१४

४०

नुवाकोट

शिवपुरी गाउँपालिका

रामछे आधारभूत विद्यालय

१२

४०

नुवाकोट

बेलकोटगढी नगरपालिका

महादेव माध्यमिक विद्यालय

२१४

२००

     

जम्मा

१,३४३

१,२३०

अद्यावधिक मिति: १ सेप्टेम्बर, २०२६

 

 

Degrees offered in nepal
Counseling