
शिक्षक सेवा आयोगको अध्यक्ष पदमा डा. हरिप्रसाद लम्साल नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। यसैगरी, आयोगको सदस्यमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाल नियुक्त भएका छन्।




