After SEE Portal

सरकारी पाठ्यपुस्तकमा कालो बजारी (साप्ताहिक शैक्षिक गतिविधि असार १२–१८)

Bridge Course

यो हप्ता पाठ्यक्रम विकास केन्द्रको निर्देशनमा तयार गरिएका विद्यालय स्तरका पाठ्यपुस्तको मूल्य, पाठ्यपुस्तकको प्रयोग र नक्साका विषयमा लेखिएका समाचारले छापा तथा इलेक्ट्रोनिक सञ्चार माध्यममा राम्रो स्थान पाए ।

अधिकांश विद्यालयले कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई औसतमा १० देखि १६ वटासम्म पाठ्यपुस्तक भिडाइएको पाइएको ट । पाठ्यक्रम विकास केन्द्रले कुन कुन पाठ्यपुस्तक पढ्ने भनेर निर्धारण गरेको छ । तर जथाभावी पुस्तक भिडाइएको गुनासो आएपछि केन्दले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा नेपालको पुरानो नक्सा उल्लेख भएका पाठ्यपुस्तक अनिगिन्ति फेला परेका छन् । कसै कसैले नेपालको नयाँ नक्सा उल्लेख भएको पाठ्यपुस्तकको आवरणमात्र राखेर पुस्तक बेचेको भेटिएको अनुगमन समितिका सदस्य सुप्रभात भण्डारीले बताए । सामाजिक शिक्षा नेपाली भाषामा अध्यापन गर्नुपर्ने भए पनि अझैसम्म अङ्ग्रेजी भाषाका सो पुस्तक बिक्री वितरण गरिएको पाइएको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरेका र पछिल्लो समय नेपाल सरकारले निर्दिष्ट गरेका पाठ्यपुस्तक पुगिसकेका छन् । कक्षा पाँचको मेरो सामाजिक अध्ययन तथा सिर्जनात्मक कला पेज नंं ५८ मा समावेश गरिएको ‘नक्सामा सङ्केतहरु भरौं’ श्रीर्षकको पाठमा दिइएको नक्सामा नेपालको पुरानो वा बुच्चे नक्सानै समावेश गरिएको छ ।

त्यस्तै कक्षा ९ को सामजिक अध्ययनको पेज नं. १३३ को पाठ नं. ७ मा सामावेश भएको ‘नक्सा कार्य’ शीर्षकको पाठमा पनि कक्षा पाँचकै प्रकृतिको नक्सा समावेश गरिएको छ । त्यस्तै अनुगमनका क्रममा सरकारी पाठ्यपुस्तकमा नै कालोबजारी भएको पाइएको छ ।

यसैगरी, नेपालको झण्डा, राष्ट्रिय रंग सिम्रिक श्यामश्वेतमा छापिएको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको भन्दा निकै चर्को मूल्यमा पाठ्यपुस्तक बिक्री भइरहेको अनुगमन समितिले फेला पारेको छ । जनक शिक्षा सामग्री केन्द्रले छापेका पाठ्यपुस्तकको गुणस्तर खस्किएको पाइएको छ ।

निजी प्रकाशन गृहहरुबाट मोटो कमिसन लिएर एउटै कक्षामा १० भन्दा बढी निजी प्रकाशन गृहहरुको सन्दर्भ सामग्री गैरकानूनी रुपमा केही विद्यालयले अनिवार्य गरेको पाइएको छ । सरकारी विद्यालयले निजीकै सिको गर्दै नवलपरासी सुनवल नगरपालिकाका विद्यालयले यस्तो कार्य गरेको भेटिएको हो ।

नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षा शाखाका कर्मचारीकै मिलेमतोमा निजी प्रकाशन गृहका सन्दर्भ सामग्री धमाधमा बिक्री वितरण गरिरहेका छन् ।

नगरपालिका भित्रका ३२ सामुदायिक विद्यालयले सात निजी प्रकाशन गृहबाट मोटो कमिसन लिएर मेघा, युनाइटेड, एसिया, संगम, रेडमोर, बेदान्त र जिबिडि प्रकाशन गृहहरुले प्रकाशन गरेको सबै कक्षाका सन्दर्भ सामग्रीहरुलाई कानून विपरीत मूल पाठ्यपुस्तकको रुपमा नै विद्यालयमा प्रयोग गरेका छन्।  

नगरपालिकाभित्र ११ हजार विद्यार्थी अध्ययरत छन् । नगरपालिकाभित्र ७०–७५ लाखको पाठ्यपुस्तक विद्यालयले खरिद गर्ने गरेका छन्। सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई सरकारले निशुल्क पाठ्यपुस्तक प्रयोग प्रदान गर्ने गरेका छन् । नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गर्नुपर्ने व्यवस्था शिक्षा ऐन, २०२८ को दफा ३१ मा व्यवस्था छ।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन असम्भव भएपछि सञ्चालनमा ल्याइएको अनलाइन कक्षा ग्रामीण क्षेत्रमा सकसपूर्ण भएको पाइएको छ । सबै ग्रामीण क्षेत्रमा विद्युतीकरण हुन सकेको छैन । विद्युतीकरण भएका ठाउँमा पनि हावाहुरी, चट्याङ् परेको समयमा बत्ति गएपछि धेरैसमय सम्म नआउने हुँदा भएको प्रविधिको पनि विद्यार्थीले प्रयोग गर्न पाएका छैनन् । सही रुपमा सदुपयोग गर्न पाएका छैनन् । ग्रामीण भेगका अधिकांश बस्तीमा इन्टरनेटको पहुँच भएकै ठाउँमा पनि बत्ति भएको बेला इन्टरनेट नआउने, इन्टरनेट आएको समयमा बत्ति नहुने विद्यार्थीले गुनासो गरेका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी वर्ष दैनिक १०० का दरले शिक्षकलाई खाजा भत्ता उपलब्ध गराउने भएको छ । नवौं नगरसभाले शिक्षकलाई दैनिक खाजा भत्ता प्रदान गर्ने निर्णय पारित गरेको हो ।

आगामी वर्षको नीति तथा कार्यक्रम नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाईे दैनिक रु. १०० का दरले वार्षिक १८० दिनका लागि खाजा भक्ता उपलब्ध गराउने उल्लेख गरिएको छ ।

त्यस्तै काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकाले एक शिक्षकस् एक ल्यापटप कार्यक्रम अघि सारेको छ । हालै गरिएको पाचौं नगर सभाले ‘एक शिक्षक, एक ल्यापटप’ व्यवस्था गर्ने घोषणा गरेको हो । त्यस्तै चितवनको माडी नगरपालिकाले पनि आफ्नो क्षेत्राधिकार भित्र कार्यरत विद्यालयका शिक्षकलाई ल्यापटप खरिद गर्ने ४० हजार रुपियाँ अनुदान प्रदान गर्ने निर्णय गरेको छ ।

लामो समयदेखि अध्यक्ष पदको विवाद खेपिरहेको नेपाल शिक्षक महासङ्घले चौँथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गत वैशाख २० गते देखि सरकारसंग विगतमा भएका सम्झौता र शिक्षक तथा विद्यालयका कमर्चारीको हकहितका लागि तीन चरणको आन्दोलन गरिसकेको महासङ्घले पुनः चौथो चरणको आन्दोलनको घोषणा गरेको हो ।

महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीले संयुक्त रुपमा विज्ञप्ति जारी गरी महासङ्घले असार १५ गतेदेखि दुई महिने आन्दोलनका कार्यक्रमको स्वरुप सार्वजनिक गरेका हुन् ।

स्थायी शिक्षक हकहित मञ्चले राष्ट्र सेवक कर्मचारी र शिक्षकलाई सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै हिजो सर्वोच्च अदालमा रिट दायर गरेका छन् । गुणस्तरीय शिक्षाको लागि शिक्षण पेशाको अभिवृद्धिको मूल नारासहित मञ्चले निजामती कर्मचारी र शिक्षकबिच व्यवहारमा र नीतिगत रुपमा विभेद गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

सबै राष्ट्रसेवक कर्मचारी मर्यादाक्रममा शिक्षकलाई सूचिकृत गर्दै शिक्षकलाई पनि निजामती कर्मचारीलाई जूतै सेवासुविधाको माग गर्न सर्वोच्च अदालको ढोका ढकढक्याउनु परेको स्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेश भट्टराईले बताए।

पोखरा विश्वविद्यालयले स्नातक तहका सम्पूर्ण कार्यक्रमहरुको परीक्षा साउनको दोस्रो हप्ताबाट सञ्चालन गर्ने भएको छ । विश्वविद्यालय अहिले पहिलो देखि सातौं सेमेष्टरसम्म र बाँकी छुट सेमेष्टर तथा वार्षिक कार्यक्रमको परीक्षा सञ्चालनको तयारीका विश्वविद्यलय जुटेको हो ।

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी साउन ९ गतेदेखि १३ गते सम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगमा स्वास्थ्य विषयको स्नातक तहको प्रथम वर्षमा भर्नाका लागि गत चैत्र तीन गते प्रवेश परीक्षामा सहभागी हुने चाहने विद्यार्थीलाई आवेदन माग गर्दै सूचना प्रकासित गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तह तथा स्नातकोत्तर तहको परीक्षा आगामी साउनमा सञ्चालन गर्ने भएको छ ।  त्रिविले व्यवस्थापन संकायका सबै कार्यक्रमको परीक्षा साउन दोस्रो सातादेखि सुरु गरेर भदौको पहिलो हप्तासम्ममा सक्ने भएको हो ।

त्रिवि को व्यवस्थापन संकायको परीक्षा नियन्त्रण कार्यालयले आज प्रकासित गरेको सूचनामा बीबीए, बीआईएम, बीबीएम, बीबीएएफ, बीटीटीएम, बीएमएस र बीपीए कार्यक्रमको दोश्रो,चौथो तथा छैटौंसत्रको नियमित परीक्षा सञ्चालन कोभिड १९ पूर्ववत् प्रश्नपत्रको ढाँचामा सञ्चालन गर्ने भएको छ ।

इलामाको महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी हर्टिकल्चरका विद्यार्थीले क्याम्पसले आफूहरूको भविष्य अन्योल बनाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। स्नातक तहको ४ वर्ष मा आठ सेमेष्टर अध्ययनपछि पनि लोकसेवा आयोगले खुलाउने सेवामा प्रतिस्पर्धा गर्न र स्नातकोत्तर अध्ययन गर्न नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्तिएका हुन् । विदार्थीले दिनहुँ नाराबाजी तथा कोणसभा गरिरहेका छन्।  

क्याम्पसको स्नातक तहमा ८ सेमेस्टरको बिएस्सी इन हर्टिकल्चर पढाइ हुन्छ। यसअन्तर्गत ५ विषय (समूह)को अध्ययन हुन्छ। तर, यीमध्ये ४ विषयमा माथिल्लो तह (स्नात्कोत्तर) अध्ययन गर्नबाट बञ्चित भएका छन् । त्यसैगरी लोकसेवा आयोगले खुलाउने प्रतिस्पर्धामा बिएस्सी एग्रिकल्चरसरह भिड्न नपाएको भन्दै विदार्थी आन्दोलनमा उत्रिएका हुन् । महँगो शुल्क तिरेर देशभरका ७७ वटै जिल्लाबाट आएका २ सय ३० विद्यार्थीको भविष्यमाथि क्याम्पसले अन्योल गरेको हुँदा आफूहरु आन्दोलनमा उत्रनु परेको विद्यार्थी संघर्ष समितिले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books