A Levels MA

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा आगामी साउन ९ गतेदेखि १३ सम्म सञ्चालन गर्ने

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी साउन ९ गतेदेखि १३ गते सम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगमा स्वास्थ्य विषयको स्नातक तहको प्रथम वर्षमा भर्नाका लागि गत चैत्र तीन गते प्रवेश परीक्षामा सहभागी हुने चाहने विद्यार्थीलाई आवेदन माग गर्दै सूचना प्रकासित गरेको थियो ।

आयोगले परीक्षार्थी आफैंले रोजेको परीक्षा केन्द्र कायम गरी प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । विदेशी परीक्षार्थी र परीक्षा केन्द्र स्थान छनोट गर्न छुटेका परीक्षार्थीको हकमा काठ्माडौं उपत्यकामा परीक्षा केन्द्र कायम गरिएको हिजो प्रकासित सूचनामा उल्लेख गरिएको छ ।

परीक्षा केन्द्र सम्बन्धी विवरण प्रवेश पत्रमा उल्लेख हुने र प्रवेश पत्र परीक्षा शुरुहुनु भन्दा ५ दिन अगाडि परीक्षार्थी आफैले अनलाइन माध्यमबाट प्रिन्ट गर्न सकिने आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै विदेशी विद्यार्थीले नेपाल सरकारले लागु गरे अनुसार ७ दिनको क्वारेनटाइनमा बस्नु पर्ने र सबै परीक्षार्थीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरी उपस्थित हुनपर्ने सूचनामा उल्लेख गरिएको छ ।

नेपाल सरकार कोभिड १९ संकट व्यावस्थापन केन्द्रको निर्णय अनुसार एकिकृत प्रवेश परीक्षामा सम्मिलित हुने सबै परीक्षार्थीहरुले परीक्षा हुने दिनको ७२ घण्टाभित्रको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ । त्यस्तै परीक्षार्थीलाई आयोगको वेबसाइटमा रहेको केस इन्भेष्टिगेसन एण्ड कन्ट्रयाक ट्रेसिङ्ग सेल्फ डिक्लिरेसन फर्म भरी आवश्यक विवरण अनिवार्य गरेको छ ।

त्यसैगरी पिसिआर रिपोर्ट पोजेटिभ परीक्षार्थीका लागि छुट्टै कोठाको व्यावस्था गर्ने भएको छ । यस्ता परीक्षार्थीले अग्रीम जानकारीका लागि आयोगको इमेलमा आफ्नो विवरण पठाउन विद्यार्थीलाई आग्रह गरेको छ ।

विस्तृत जानकारीको लागिः

Thuprai - Books and E-books