After SEE Portal

शिक्षकको मर्यदाक्रमको सुनिस्चितता र निजामती सरह सेवासुविधा माग गर्दै शिक्षकद्वारा सर्वोच्चमा मुद्दा दायर

Bridge Course

स्थायी शिक्षक हकहित मञ्चले राष्ट्र सेवक कर्मचारी र शिक्षकलाई सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै हिजो सर्वोच्च अदालमा रिट दायर गरेका छन् । गुणस्तरीय शिक्षाको लागि शिक्षण पेशाको अभिवृद्धिको मूल नारासहित मञ्चले निजामती कर्मचारी र शिक्षकबिच व्यवहारमा र नीतिगत रुपमा विभेद गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

सबै राष्ट्रसेवक कर्मचारी मर्यादाक्रममा शिक्षकलाई सूचिकृत गर्दै शिक्षकलाई पनि निजामती कर्मचारीलाई जूतै सेवासुविधाको माग गर्न सर्वोच्च अदालको ढोका ढकढक्याउनु परेको स्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेश भट्टराईले बताए।

‘सरकारले निजामती कर्मचारी र शिक्षकबिच गरेको विभेद्‍को विषयमा हामीले विगतदेखि नै आवाज उठाउँदै आएको र अहिले यसै विषयमा सम्मानित अदालतको ढोका ढकढक्याएका हौं।’ उनले भने, ‘हामी सडक आन्दोलन भन्दा काुनुमा विश्वास गर्न भएकाले अदालसम्म पुगेका हौं।’

यसको फैसलाले स्थायी, अस्थायी, राहत, साबिक उमावि, बाल शिक्षक, विद्यालयका कर्मचारी, अनुदानमा अध्यापनरत शिक्षकलाई सहयोग पुग्ने उनको विश्वास छ।

A Levels MA
Thuprai - Books and E-books