After SEE Portal

कतै शिक्षकलाई खाजा, कतै ल्याबटप प्रदान गर्दै स्थानीय तह

Bridge Course

मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी वर्ष दैनिक १०० का दरले शिक्षकलाई खाजा भत्ता उपलब्ध गराउने भएको छ । नवौं नगरसभाले शिक्षकलाई दैनिक खाजा भत्ता प्रदान गर्ने निर्णय पारित गरेको हो ।

आगामी वर्षको नीति तथा कार्यक्रम नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाईे दैनिक रु. १०० का दरले वार्षिक १८० दिनका लागि खाजा भक्ता उपलब्ध गराउने उल्लेख गरिएको छ ।

नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकलाई सो कार्यक्रमले समेट्ने नगर प्रमुख प्रमुख हरिजङग शाहीले जानकारी दिए । ‘शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नगरमा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ताको व्यवस्था गरिएको हो ।’ प्रमुख शाहीले भने, ‘नगरपालिकाभित्र ४४ सामुदायिक विद्यालयमा करिब ३०० शिक्षक कर्मचारी कार्यरत छन् ती सबैलाई वर्षको १८० दिनका हिसावले प्रतिदिन रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता उपलब्ध गराइनेछ ।’

नगारपालिकाले कार्यविधि निर्माण बनाएर आर्थिक वर्ष २०७८–०७९ देखि शिक्षकलाई खाजा भक्ता प्रदान गर्ने नगरपालिकाले जानकारी दियो ।

त्यस्तै काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकाले एक शिक्षक: एक ल्यापटप कार्यक्रम अघि सारेको छ । हालै गरिएको पाचौं नगर सभाले ‘एक शिक्षक, एक ल्यापटप’ व्यवस्था गर्ने घोषणा गरेको हो ।

महामारीको विषम परिस्थितिमा भौतिक उपस्थिस्थितिमा शिक्षणसिकाइ लामो समयदेखि प्रभावित भएको र वैकल्पिक सिकाइका लागि अधिकांश शिक्षकसंग प्रविधिसंग जोडिने भरपर्र्दो साधन नभएको गुनासो आएपछि नगरपालिकाले उक्त अवधारण अघि सारेको हो ।

‘भौतिक उपस्थितिमा पठनपाठन गराउन सकिने अवस्था छैन महामारीले सिकाइलाई रुपान्तरण गर्ने अवसर दिएको छ ।’ नगरप्रमुख कृष्णहरि थापा भन्छन्, ‘अहिलेको आवश्यकता नै सूचना प्रविधिको भएकाले शिक्षकहरुलाई प्रोत्साहनका लागि यो नीति अघि सारेका हौं, तत्काल लागु गर्छौं ।’ शिक्षा शाखा प्रमुख बिमलकुमार निरौलाले नगरभित्र १६ वटा सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकहरुलाई ल्यापटप दिइने जानकारी दिए ।

प्रतिशिक्षकलाई ४० हजार रुपैयाँ नगरपालिकाले दिने र नपुग स्वयम् शिक्षकको लागत सहभागिता गराउने गरी कार्यक्रम कार्यान्वयन अघि सारिएको शाा प्रमुख निरौलाले जानकारी दिए ।

‘नगरपालिकाभित्र जम्मा ३०३ जना शिक्षक कार्यरत छन् । साविकको उच्च मावि तहका १०, प्राविधिक विद्यालयमा ३० माध्यमिक तहमा ३९, निम्न माध्यमिक तहमा ५८ र प्राथमिक तहमा १२८, र इसिडी तहमा २३ जनाशिक्षक कार्यरत रहेको शिक्षा शाखाले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books