पहिलो परीक्षा नियन्त्रक उप्रेती (साप्ताहिक शैक्षिक गतिविधि असार ११–१७)

शैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक अझै छाप्न बाँकी नै छन् ।

एसएलसी परीक्षा बोर्डका पहिलो परीक्षा नियन्त्रकका बारेमा हुँदै आएको विवाद अब अन्त्य भएको छ । शिक्षा पत्रकार तथा लेखक प्रकृति अधिकारीले गरेको खोजीबाट पहिलो परीक्षा नियन्त्रक नन्दराम उप्रेती भएको पुष्टि भएको छ ।

विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवर्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको सरोकारवालाले औँल्याएका छन् ।

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र बिक्री गरी धुल्याइने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले यसका लागि टेन्डर आह्वान गरेको छ । हाल ती प्रश्नपत्रलाई बोरामा पोको पारी पनिकाको बरन्डामा राखिएको छ ।

२०७८ सालको एसईईका उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउने क्रम धमाधम थालिएको छ ।हालसम्म देशका २५ उत्तरपुस्तिका परीक्षण केन्द्रका परीक्षण भइसकेका उत्तरपुस्तिका ल्याइसकिएको छ ।

नेतृत्व विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता भएको छ ।

विश्वविद्यालयले प्याब्सनमा आवद्ध विद्यालयका शिक्षकलाई शिक्षाशास्त्रमा एक वर्षे स्नातक र स्नातकोत्तर तहको कार्यक्रम उपलब्ध गराउनेछ । प्रत्येक प्रदेशबाट दुई जनाका दरले हरेक वर्ष २४ जनाले स्नातक र स्नातकोत्तर कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

एक वर्ष नपुग्दै उच्च शिक्षाको लागि एक लाख भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् ।

गत साउनदेखि अहिलेसम्म मन्त्रालयको एनओसी शाखाबाट १ लाख २ हजार ८७३ जनाले एनओसी लिएका हुन् । पछिल्लो ११ महिनामा विगतको तुलनामा एनओसी लिनेको संख्या अत्याधिक बढेर गएको मन्त्रालय स्रोतले जानकारी दियो । शाखाका अनुसार दैनिक एक हजारका बढी एओसी जारी हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो वार्षिकोत्सवमा प्रदान गर्दै आएको दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरेको छ ।

यो वर्ष त्रिविले आफ्नो मातहतका क्याम्पसमा कार्यरत ८४ जना शिक्षक र १८१ जना कर्मचारी गरी २६५ जना शिक्षक कर्मचारीलाई पदक तथा सम्मान गर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले तीन वर्ष अगाडि विभिन्न पदका लागि विज्ञापन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

हिजो सार्वजनिक गरेको नतिजाले नेपालको उच्च शिक्षाको गुणस्तरमा चोटिलो झापड समेत हानेको छ । माग भएको सीमित पदमा बाँहेक सबैमा नतिजा शून्य आएको छ । आयोगले हिजो सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत पदमा लिइएको लिखित परीक्षामा एक हजार चार सय ६३ जना सहभागी थिए। तर मुख्य कार्यालय सहायक पदमा एक जना मात्रै अन्तर्वार्ताका लागि छनौट भएका छन्।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ५० औं वार्षिकोत्सव स्वर्ण महोत्सवका अवसरमा उत्कृष्ट विद्यार्थीलाई पदक वितरण गर्ने भएको छ ।

संस्थानको ५० औं बार्षिर्कोत्सव विभिन्न कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाउँदै असार ३० गते दाताका सर्तअनुसार पदक वितरण गर्ने भएको हो ।

पोखरा विश्वविद्यालयको २२औँ साधारण सभाले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम बजेट पास गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–८० को कूल रु १ अर्ब ४६ करोडको बजेट स्वीकृत गरेको छ ।

शिक्षक सेवा आयोग बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय हेटौंडाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा बढुवा गरेको छ ।

आयोगले नियमावली २०५७ संशोधन सहित को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ ९संशोधन सहित० को नियम ३४ प्रायोजनका लागि प्रकाशित गरेको हो ।

भोजपुरमा शिक्षक कुट्ने शिक्षा शाखाका कार्मचारीलाई कारबाही गर्न नेपाल शिक्षक महासङ्घले माग गरेको छ ।

महेन्द्रोदय मावि अरुण गाउँपालिका ६ भोजपुरका शिक्षक रज्जनकुमार यादव माथि असार ९ गते भएको आक्रमणप्रति घोर निन्दा गरेको हो ।

Thuprai - Books and E-books