SEE Result 2082

२६५ जनालाई दीर्घ सेवा पदक प्रदान गर्दै त्रिवि (पदक पाउनेको नामावलीसहित)

त्रिभुवन विश्वविद्यालयले आफ्नो वार्षिकोत्सवमा प्रदान गर्दै आएको दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरेको छ ।

यो वर्ष त्रिविले आफ्नो मातहतका क्याम्पसमा कार्यरत ८४ जना शिक्षक र १८१ जना कर्मचारी गरी २६५ जना शिक्षक कर्मचारीलाई पदक तथा सम्मान गर्ने भएको हो ।

त्रिवि नियमानुसार प्रत्येक वर्ष बार्षिक दिवसका अवसरमा प्रदान गरिदै आएको त्रिवि दीर्घ सेवा पदकका लागि प्रत्येक वर्षको चैत्र मसान्तभित्र २५ वर्ष त्रिविको सेवा गरी तोकिएको समयमा त्रिविमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले भरेको विवरण फारममा उल्लेख गरिएको नाम र पदका आधारमा पदक प्रदान गर्दै आएको छ ।

यो वर्ष २०७९ साल असार २२ गते बुधबार विहान १० बजे देखि त्रिवि स्मृति भवन, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय दीर्घ सेवा पदक तथा प्रमाण(पत्र प्रदान गर्ने कार्यक्रम रहेको त्रिविले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal