After SEE Portal

चिकित्सा शिक्षाका विद्यार्थीलाई दाताको सर्तअनुसार पदक प्रदान गरिने (पदक पाउने विद्यार्थीको विवरणसहित)

Bridge Course

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ५० औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) का अवसरमा उत्कृष्ट विद्यार्थीलाई पदक वितरण गर्ने भएको छ ।

संस्थानको ५० औं बार्षिर्कोत्सव विभिन्न कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाउँदै असार ३० गते दाताका सर्तअनुसार पदक वितरण गर्ने भएको हो ।

सो अवसरमाअध्ययन संस्थान अन्तर्गतका विभिन्न आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन–अध्यापन हुने विभिन्न तहका शैक्षिक कार्यक्रमहरूमा दाताहरूको सर्त अनुसार सर्वोत्कृष्ट उत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण भएका विद्यार्थीहरूलाई पदक वितरण गरिने भएको  छ ।

अध्ययन संस्थानमा विभिन्न दाता तथा संघ–संस्थाहरूले स्थापना गरेका पदक वितरण गर्ने कार्यक्रम  रहेको डीन कार्यालयले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।

आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजमा अध्ययन हुने शैक्षिक कार्यक्रमका विभिन्न विषयहरुमा २०७६ र २०७७ सालमा सर्वोत्कृष्ट–उत्कृष्ट  पदक वितरण गरिने भएको हो ।

पदक पाउने विद्यार्थीको विवरण

A Levels MA
Thuprai - Books and E-books