After SEE Portal

त्रिवि सेवा आयोगको नतिजाले त्रिविलाई नै झापड

Bridge Course

त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले तीन वर्ष अगाडि विभिन्न पदका लागि विज्ञापन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

हिजो सार्वजनिक गरेको नतिजाले नेपालको उच्च शिक्षाको गुणस्तरमा चोटिलो झापड समेत हानेको छ । माग भएको  सीमित पदमा बाँहेक सबैमा नतिजा शून्य आएको छ । आयोगले हिजो सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत पदमा लिइएको लिखित परीक्षामा एक हजार चार सय ६३ जना सहभागी थिए। तर मुख्य कार्यालय सहायक पदमा एक जना मात्रै अन्तर्वार्ताका लागि छनौट भएका छन्।

त्रिवि सेवा आयोगले एकातिर विभिन्न पदका लागि आवेदन माग भएको एक वर्ष पछि परीक्षा सञ्चालन गरेको छ भने, लगभग डेढवर्ष पछाडि मात्र नतिजा सार्वजनिक गरेको छ । यो नतिजा सार्वजनिक लागि लागेको समयलाई नै पनि हेर्ने हो भने प्रश्न र आशंका उब्जने धेरै ठाउँ बाँकी नै राखेको छ ।

यो नतिजालाई विश्लेषण मात्र गर्ने हो भने पनि त्रिवि सेवा आयोगको नतिजाले त्रिविलाई कालो पोतेको छ भन्दा फरक नपर्ला । विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति आफैंले अपेक्षा गरेको पदमा परीक्षा लिँदा पास हुन नसक्नु भनेको लाजमर्दो विषय भएको विज्ञहरू बताउँछन् ।

त्रिवि सेवा आयोगले प्रकाशन गरेको सूचना अनुसार, त्रिवि सेवा आयोगले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने भन्दै २०७६ कार्तिक १५ मा विज्ञापन गर्यो ।

विभिन्न सेवा, समूह र श्रेणी अन्तर्गतका प्रशासनिक तथा प्राविधिक पदका लागि आवेदन माग्यो । उक्त विज्ञापन गरिएका पदमा २०७७ माघ २५ देखि २०७७ फागुन २७ सम्म परीक्षा सञ्चालन गर्यो र पुनः बाँकी भएका परीक्षा २०७८ असोज २८ देखि २०७८ मंसिर १६ सम्म परीक्षा सञ्चालन परीक्षा नै गर्न लगायो ।

सो विज्ञापन अनुसार उप– प्रशासक पद विज्ञापन नं. २००१/२०७६/७७ मा खुला २, महिला १, आदिवासी जनजाति १, गरी ४ ओटा दरबन्दी कायम गरिए । सो पदका लागि लिखित परीक्षामा १२ जना उम्मेद्वार सहभागी भए । तर, उक्त परीक्षामा सेवा आयोगले एक जना पनि निर्धारित सूचक पार गरी अन्तर्वार्तामा बोलाउन सकेन । अथवा एक जना पनि उम्मेद्वार पास हुन सकेन् ।

त्यसैगरी शाखा अधिकृत पदको विज्ञापन नम्बर २००२/२०७६/७७ का लागि खुला २२,महिला ६, आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपाङ्ग त्त पिछडिएको क्षेत्र १ पदका लागि आवेदन माग गर्यो ।

सो पदका लागि लिखित परीक्षामा ५४२ जना परीक्षार्थी सहभागी भए तर सेवा आयोगले यसमा पनि एक जना परीक्षार्थी योग्य भेटेन ।

त्यस्तै, मुख्य कार्यलय सहायक पदका लागि विज्ञापन नं. २००३/२०७६/७७ कायम गरेर आवेदन माग गर्यो । यो विज्ञापनका लागि खुला २४, महिला ६, आदिवासी जनजाति ५, मधेसी ४, दलित २आफाङ्ग १, पिछडिएको क्षेत्र १ पदका लागि ७७७ जना लिखित परीक्षामा सम्मिलित भए । तर विडम्बना यसमा पनि खुलामा एक जना उत्रीर्ण भए भने अन्य पदका लागि कोही उत्तीर्ण हुन सकेनन् ।

 त्यस्तै कार्यलय सहायकका लागि विज्ञापन नं. २००४/२०७६/७७ दिएर आवेदन माग गर्यो । खुला ३२, महिला ८ आदिवासी जनजाति ६, मधेसी ५, दलित २ अपाङ्ग १ पिछडिएको क्षेत्र १ पदका लागि ६७२ जना परीक्षार्थी लिखित परीक्षामा सहभागी भए । खुला र महिलामा क्रमशः ४८ र २२ जना उत्तीर्ण भए भने अन्य पदमा माग अनुसार पास हुन सकेनन् ।सो पदमा आदिवासी जनजातिका लागि ६ सिट निर्धारण गरिएको भए पनि ५ जना मात्र उत्तीर्ण भए त्यस्तै मधेसी ५ मा ५ जनानै लिखित परीक्षामा उत्तीर्ण भए भने अन्य सिटमा परीक्षार्थी एक जना पनि उत्तीर्ण हुन सकेनन् ।

त्यसैगरी आर्थिक उपनियन्त्रक पदका लागि विज्ञापन नं. २००५/२०७६/७७ दिएर खुला १ महिला १ पदका लागि जम्मा ३ जनाले परीक्षा दिए तर यो पदमा एक जना पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन् ।

लेखा अधिकृत पदका लागि खुला ८ र अन्य समावेशी पदमा ७ सिट निर्धारण गरी विज्ञापन गर्यो । सो विज्ञापनको लिखित परीक्षामा १२९ जना सहभागी भए । तर यसमा पनि एक जना पनि उत्तीर्ण हुन सकेनन् ।

त्यस्तै मुख्य लेख सहायक पदमा पनि दलित र अपाङ्ग कोटाका कोही उत्तीर्ण हुन सकेनन् । त्यस्तै लेखा सहायक पदमा पनि दलित उम्मेद्वार एक जना पनि उत्तीर्ण हुन सकेनन् ।

उक्त सबै विज्ञापनमा आवेदन दिने आवेदकहरू मध्ये उत्तरपुस्तिकामा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको उत्तरपुस्तिका प्रयोग तथा परीक्षा नियमन सम्बन्धी कार्यविधी, २०७७ मा भएको व्यवस्था तथा प्रवेशपत्र एवं उत्तरपुस्तिकाको प्रथम पानामा लेखिएको निर्देशन विपरीत कार्य गरेको हुनाले केही परीक्षार्थीको उत्तरपुस्तिका र परीक्षा समेत रद्द गरेको छ ।

त्रिवि सेवा आयोगले प्रकासन गरेको सूचना अनुसार शाखा अधिकृत पदमा ३६ जना, मुख्य कार्यलय सहायकका ३८ जना, कार्यलय सहायक पदका २८, लेखा अधिकृतका १०,मुख्य लेखा सहायकका ९ र लेखा सहायक पदका १० जनाको परीक्षा रद्द गरिएको जनाएको छ ।

यस विषयमा सेवा आयोगसंग अब के हुन्छ ? तीन विज्ञापन भएको एक वर्ष पछि मात्र किन परीक्षा सञ्चालन गरियो ? नतिजा प्रकाशनमा किन ढिलाइ भयो भन्ने विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेन ।

उक्त परीक्षामा सहभागी एक परीक्षार्थीले भने त्रिविले उक्त पदमा उच्च पदका आफन्तलाई नियुक्ति दिएर काम चलाउँदै आएको हुनाले परीक्षा सञ्चालन तथा नतिजा सार्वजनिकमा नै ढिलासुस्ती भएको आरोप लगाए ।

A Levels MA
Thuprai - Books and E-books