After SEE Portal

२०७७ सालको एसईईका प्रश्नपत्र बिक्री गरिँदै

Bridge Course

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गरी धुल्याइने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले यसका लागि टेन्डर आह्वान गरेको छ । हाल ती प्रश्नपत्रलाई बोरामा पोको पारी पनिकाको बरन्डामा राखिएको छ ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले विद्यार्थीलाई अभ्यासका लागि ती प्रश्नपत्र वितरण गर्न सम्भव पनि नभएको बताउँदै भने, “कसलाई कसरी दिने भन्ने समस्या नै हुन्छ । त्यसैले सबै बिक्री गर्न लागिएको हो ।”

करिब तीन ट्रक प्रश्नपत्र रहेका छन् । करिब २० करोड रुपियाँमा ती प्रश्नपत्र छापिएका हुन् । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो । कोभिड–१९ का कारण २०७७ सालमा पनि एसईई सञ्चालन हुन नसक्दा प्रश्नपत्र पनिकामा नै थन्क्याएर राखिएको थियो ।

परीक्षा नियन्त्रक रायमाझीले जसले ती पुराना प्रश्नपत्र लिएर गए पनि त्यसलाई घोल्नै पर्ने बताउँदै भने, “टेन्डरबाट जुन ठेकेदारले लिएर जानेछन् उनका पछाडि हाम्रा कर्मचारीलाई खटाइने छ । यी प्रश्नपत्रलाई औषधि वा पानीमा घोलेर अक्षर मेटाइएको प्रमाण पनिकाबाट खटिएका कर्मचारीले देख्नुपर्ने हुन्छ । त्यो सर्तमा मात्र बिक्री गर्न लागिएको हो ।”

 

 

A Levels MA
Thuprai - Books and E-books