After SEE Portal

शैक्षिक कार्यक्रमका लागि केयु र प्याब्सनबीच सम्झौता

Bridge Course

नेतृत्व विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालयनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता भएको छ ।

विश्वविद्यालयले प्याब्सनमा आवद्ध विद्यालयका शिक्षकलाई शिक्षाशास्त्रमा एक वर्षे स्नातक र स्नातकोत्तर तहको कार्यक्रम उपलब्ध गराउनेछ । प्रत्येक प्रदेशबाट दुई जनाका दरले हरेक वर्ष २४ जनाले स्नातक र स्नातकोत्तर कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

त्यस्तै शिक्षकका लागि छोटो अवधिको तालिमका लागि पनि सम्झौता गरिएको छ । तालिम सात दिनदेखि एक महिनासम्मको हुनेछ । तालिममा के कति जना सहभागी हुने भन्ने अझै तय भइसकेको छैन ।

काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल र प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सो अवसरमा डिन डा. लुइँटेलले शैक्षिक नतिजा अब्बल हुन नसक्दा निजी विद्यालयप्रतिको आकर्षण पनि खस्किनसक्ने भन्दै निजी क्षेत्रसँगको सहकार्यमा शैक्षिक कार्यक्रम अगाडि बढाउन विश्वविद्यालय तत्पर रहेको बताए ।

प्याब्सनका अध्यक्ष ढुङ्गानाले यस सम्झौताबाट निजी क्षेत्रका शिक्षकको शैक्षिक स्तर अभिवृद्धि हुने बताउँदै यसबाट निजी शिक्षाको गुणस्तर अभिवृद्धि हुनेमा आफूहरु विश्वस्त रहेको धारणा व्यक्त गरे ।

A Levels MA
Thuprai - Books and E-books