After SEE Portal

कक्षा १० का लागि १०२ विषयको पाठ्यक्रम तयार, तर पढाइ २० को मात्र (पाठ्यक्रम सहित)

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ शैक्षिक सत्र २०८० देखि पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ । केन्द्रले कक्षा एकदेखि १० सम्म नै नयाँ पाठ्यक्रम कार्यान्वयन गरेको छ ।

केन्द्रले अनिवार्य तथा ऐच्छिक विषयको पाठ्यक्रम लागु गरेसंगै यो वर्ष कक्षा १०को वार्षिक परीक्षा धमाधम भइरहेको छ । केन्द्रले कक्षा १० का लागि अनिवार्य र ऐच्छिक गरेर १०२ विषयको पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । तर राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जम्मा २० वटा विषयमा मात्र एसईई परीक्षा लिइरहेको छ । कक्षा ९ र १० मा ऐच्छिक प्रथम र द्वितीयमा थुप्रै नयाँ  स्वरोजगार उत्पादन गर्ने विषय छन् । तर सबैको रोजाइ परम्परागत विषय प्रति मात्र छ ।सबै प्राविधिक धारको विद्यालय खोल्न होडबाजी गरिरहेका छन् तर भएका पाठ्यक्रम त्यसै खेर गइरहेका छन् ।

कक्षा १० मा अहिले ऐच्छिक प्रथममा ५० विषय राखिएको छ भने ऐच्छिक द्वितीयमा ४७ विषय छन् ।  तर विद्यालयले सबै विषयमा नपढाउँदा अहिलेसम्म कक्षा १०को बार्षिक परीक्षामा २० ओटा विषय भन्दा धेरे विषय पढाइ नै हुन सकेको छैन । प्रचारप्रसारको अभाव वा विद्यालय सञ्चालक तथा शिक्षक अभिभावकमा चेतनाको कमीले गर्दा स्वरोजगार उत्पादन गर्न पाठ्यक्रम ओझेलमा परिरहेका छन् ।  ।

केन्द्रले एउटा विषयको पाठ्यक्रम तयार गर्न लाखौँ रकम खर्च गर्यो  तर ती विषयको दीर्घकालीन फाइदाका विषयमा जनमानसमा प्रचारप्रसार गर्न नसक्दा ती उपयोगी पाठ्यक्रम ओझेलमा परिरहेकाछन् । पाठ्क्रमको प्रभवकारिता नबुझ्दा ती पाठ्यक्रम कागजमा सीति भएर हराउने सम्भावना बढेर गएको छ ।

 ‘विषय थुप्रै भए पनि विद्यालयमा पठनपाठन नहुँदा ती थन्किएका छन् । त्यसैले सबै विषयको प्रश्नपत्र तयार गर्नु परेको छैन ।’ बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘यो वर्ष एसईईमा २० ओटा विषयका लागि मात्र प्रश्नपत्र छापिएको छ ।’

पाठ्यपुस्तकलाई प्रधान मानेर शिक्षण गर्ने नेपाली परम्पराका कारण पाठ्यपुस्तक अभाव तथा शिक्षक अभावका कारण विद्यालयले पढाउने सोच ने नबनाएको नियन्त्रक पोडेलले बताए ।  त्यसबाहेक विद्यार्थीको रोजाइमा पनि नपर्ने भएकाले यस्तो परिस्थिति सिर्जना भएको बताइएको छ ।

ऐच्छिक प्रथमतर्फ कानुन, ग्रामीण विकास, सहकारी शिक्षा, बजारशास्त्र, प्राकृतिक चिकित्सा, मानव मूल्य शिक्षालगायतका  उपयोगी विषय छन् तर एउटा पनि विद्यालयले पढाउनै चाहाँदैनन् । त्यस्तै ऐच्छिक द्वितीयतर्फका फोटोग्राफी, बाल विकास शिक्षा, अडिटिङ, हस्तकला, केशकला, बागवानी, फलफूल खेती,  मौरीपालन, तरकारी खेती, पशुपालन, सौन्दर्यशास्त्र, बुढ्यौली शिक्षा आदि विषय एउटा विद्यालयले पनि पढाउन सकेका छैनन् । विद्यालयले परम्परादेखि पठनपाठन गर्दै आएका विषय छनोट गर्दा नयाँ विषय रोजाइमा नपरेको विद्यालयको भनाइ छ ।

त्यसैगरी संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको पाठ्यक्रम अझैसम्म तयार भएको छैन । यसले गर्दा संस्कृत धारका विद्यार्थीले त्यसको सट्टामा साधारण धारतर्फका विद्यार्थीका लागि तयार गरिएको अङ्ग्रेजीको परीक्षा दिनुपर्ने बाध्यता छ । संस्कृत रचनाको पाठ्यक्रम नै बनेको छैन त्यसेले त्यसको सट्टामा संस्कृतका विद्यार्थीलाई अङ्ग्रेजी पढाइँदे आएको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६

A Levels MA