After SEE Portal

परीक्षा हलमा मोबाईल पूर्णतः निषेध

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि मोबाईल लैजान पूर्णतः निषेध गरिएको स्मरण गराएको छ ।

बोर्डद्वारा सञ्चालन भईरहेको कक्षा १२ को वार्षिक परीक्षामा  निर्देशन विपरित केही परीक्षा केन्द्रहरूमा मोबाईलको अनाधिकृत प्रयोग भएको पाइएकोले पुनः मोबाइल प्रयोग नगर्न निर्देशन दिएको हो ।

केही परीक्षा केन्द्रमा मोबाईलको प्रयोग गरी अनियमित कार्य गर्ने परीक्षार्थीहरूसमेतको मोबाईल जफत गरी कारबाही गरिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डद्वारा प्रकाशित विज्ञप्तिमा अब उप्रान्तसमेत परीक्षा केन्द्रमा मोबाईल लैजान पूर्णतः निषेध गरिएको उल्लेख गरिएको छ ।  विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत कसैले मोबाईल साथमा राखेको वा प्रयोग गरेको पाईएमा नियमानुसार कारवाही हुने चेतावनीसमेत बोर्डले दिएको छ ।

A Levels MA