After SEE Portal

पूर्वाञ्चल र मध्यपश्चिम  विश्वविद्यालयमा उपकुलपति नियुक्त

Bridge Course

पूर्वाञ्चल र मध्यपश्चिम  विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ ।

पूर्वाञ्चलमा सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्राडा विजुकुमार थपलिया र मध्यपश्चिम  विश्वविद्यालयको उपकुलपतिमा त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक प्राडा ध्रुवकुमार गौतमलाई  नियुक्त गरिएको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दुवै विश्वविद्यालयको उपकुलपतिलाई  आज नियुक्त गरेको उनको सचिवालयले जानकारी दियो ।

पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । उक्त समितिले थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्राडा गौतमलाई सिफारिस गरेको थियो ।

 

A Levels MA