SEE Result 2082

एसईई चैत्रमा कक्षा १२को वैशाखमा परीक्षा सञ्चालन हुने (साप्ताहिक शैक्षिक गतिविधि असोज २१–२८)

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र दोस्रो हप्तादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने   भएको छ । भने, कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८० साल वैशाख महिनाको दोस्रो सातादेखि सञ्चालन गर्ने गरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

त्यस्तै, कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षा सोही वर्षको वैशाखको तेस्रो सातादेखि सञ्चालन गर्ने भएको छ । विद्यालयहरुले कक्षा ११ को वार्षिक परीक्षा आगामी २०८० साल वैशाख महिनाको अन्तिम सातामा सञ्चालन गर्नुपर्ने कार्यतालिकामा उल्लेख छ 

प्रदेश नम्बर १ मा तल्लो कक्षाका विद्यालयमा भन्दा माथिल्लो कक्षामा पढ्ने विद्यार्थी बढी रहेका छन् ।

प्रदेश १ मा प्रति विद्यालय कक्षा ११–१२ मा ४५८ जना विद्यार्थी रहेका छन् । माध्यमिक तह कक्षा ११–१२ मा विद्यालय–विद्यार्थी अनुपात १ः४५८ पर्न गएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा सञ्चालन गर्ने उद्देश्यले  कक्षा ८ को विज्ञान तथा प्रविधि, गणित र अङ्ग्रेजी विषयमा परीक्षण प्रारुप विकास गरेको छ । उक्त परीक्षण प्रारुप निर्माण आधारभूत तहको पाठ्यक्रम र विस्तृतीकरण तालिकालाई समेत आधार मानेर तयार गरिएको हो ।

शिक्षक सेवा आयोगले मधेश ,कर्णाली, बागमती, लुम्बिनी प्रदेशको नेपाली र मधेश प्रदेशको अङ्ग्रेजी, र  बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको  तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ ।

पैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने नियम ल्याउन लागेको छ। गाउँ शिक्षा समितिको बैठकले आगमी शैक्षिक सत्र २०८० देखि सरकारी विद्यालयमै पदाधिकारीका छोराछोरीलाई पढाउन पठाउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले बताए।

+2 School
Counseling
Bachelors Portal