After SEE Portal

२०७९ को एसईई चैत्र दोस्रो हप्ता हुने (कार्यतालिकासहित)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शैक्षिक सत्र २०७९ को बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र दोस्रो हप्तादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने  छ । 

कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण (कक्षा १० को परीक्षाको लागि) कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन फाराम भराउने मंसिर मसान्तसम्म र गत वर्षको रजिष्ट्रेसन तथा यस वर्षको आवेदन फाराम इन्ट्री पुष मसान्तसम्म गर्नुपर्ने समय सीमा तोकेको छ । 

त्यस्तैगरी, राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० ले माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, जिल्ला तथा प्रदेश र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माघ मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गर्ने, सिम्बोल नम्बर कायम गर्ने, फागुन दोस्रो हप्तासम्म परीक्षा केन्द्र इन्ट्री र रुजु गर्ने र फागुन मसान्तसम्म जिल्लाले प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण पठाउनेछ ।

A Levels MA
Thuprai - Books and E-books