SEE Result 2082

स्तरीकृत परीक्षा सञ्चालनका लागि प्रारुप विकास (हातेपुस्तक सहित)

राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा सञ्चालन गर्ने उद्देश्यले  कक्षा ८ को विज्ञान तथा प्रविधि, गणित र अङ्ग्रेजी विषयमा परीक्षण प्रारुप विकास गरेको छ । उक्त परीक्षण प्रारुप निर्माण आधारभूत तहको पाठ्यक्रम र विस्तृतीकरण तालिकालाई समेत आधार मानेर तयार गरिएको हो ।

बोर्डले उक्त प्रारुपका आधामा तयार गरेको तीनै विषयको हातेपुस्तक तयार गरेको छ।  प्रश्न निर्माणकर्ता र शिक्षकहरूलाई राम्रो परीक्षणीय वस्तुहरू विकास गर्ने र आधारभूत तहको परीक्षालाई स्थानीय स्तरमा क्रमशः स्तरीकत, थप विश्वसनीय, वैध र अन्तरस्थानीय स्तरमा तुलनात्मक बनाउने ढाँचा सहितको पुस्तक तयार गरेको बोर्डले जनाएको छ ।

पाठ्यक्रममा उल्लेखित विशिष्ट्रीकरण तालिका अनुसार प्रश्नहरू विकसित  गर्न, प्रश्नका ढाँचा र संज्ञानात्मक स्तर पाठ्यक्रमद्वारा निर्दिष्ट गरिए अनुसार विकास गरिएको बोर्डले जानकारी दियो ।

हातेपुस्तकमा आधारभूत तहका नमूनाप्रश्नहरू प्रस्तुत गरिएका छन् । यसमा राखिएका प्रश्नहरूले कक्षा ६–८ को विषयवस्तु, प्रश्न ढाँचा र तिनीहरूको संज्ञानात्मक स्तरहरू समेट्ने प्रयास गरिएको  बोर्डले जानकारी दियो ।

नमुनाको रुपमा निर्माण गरिएका प्रत्येक प्रश्नमा विषयबस्तु कभरेज, एकाइ, सिकाइ उपलब्धि,सिकाइ उपलब्धिअनुरूपका प्रश्न ढाँचाको तयार गरी मूल्याङ्कन गर्ने लक्ष्य लिएको छ ।

प्रश्न निर्माण सीप विकासका लागि हाते पुस्तिका अनिवार्य गणित कक्षा ६–८ 

प्रश्न निर्माण सीप विकासका लागि हाते पुस्तिका अनिवार्य अङ्ग्रेजी कक्षा ६–८ 

प्रश्न निर्माण सीप विकासका लागि हाते पुस्तिका वज्ञान तथा प्रविधि कक्षा ६–८ 

+2 School
Counseling
Bachelors Portal