After SEE Portal

कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका आज सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार कक्षा ११ का विद्यार्थीले आगामी कात्तिक मसान्तभित्र रजिष्ट्रेसन फाराम भरिसक्नुपर्नेछ ।

त्यस्तै कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आगामी पुस १६ देखि माघ १५ गतेभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्नेछ ।

कार्यतालिकाअनुसार कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८० साल वैशाख महिनाको दोस्रो सातादेखि सञ्चालन गरिनेछ भने कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षा सोही वर्षको वैशाखको तेस्रो सातादेखि सञ्चालन हुनेछ ।

विद्यालयहरुले कक्षा ११ को वार्षिक परीक्षा आगामी २०८० साल वैशाख महिनाको अन्तिम सातामा सञ्चालन गर्नुपर्ने हुन्छ ।

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आगामी २०८० साल साउन मसान्तभित्र प्रकाशन हुनेछ भने त्यसको ग्रेडवृद्धि परीक्षा नतिजा सार्वजनिक भएको ४५ दिनभित्र सञ्चालन हुने बोर्डले जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books