After SEE Portal

कक्षा १२ को परीक्षा तालिका केही दिनभित्रै सार्वजनिक हुने (साप्ताहिक शैक्षिक गतिविधि माघ २२–२८)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा जुटेको छ । बोर्डले यो प्रस्ताव मन्त्री परिषद्मा पुर्याएको छ । मन्त्री परिषद्ले यो प्रस्ताव स्वीकृत गरेपछि परीक्षा सञ्चालनको जिम्मा प्रदेशमा हस्तान्तरण गरिने बोर्डले जानकारी दियो ।

बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशन सम्मको जिम्मेवारी प्रदेश शिक्षा निर्देशनालयलाई हस्तान्तरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको जानकारी दिए ।

यो हप्ता मात्र एसईईको परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डको बैठकले यस वर्षको एसईई परीक्षा बैशाख ९ गतेदेखि सुरु गरेर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै सोही अनुसार बोर्डले तालिका सार्वजनिक गरेको छ ।बोर्ड केही दिनमा नै कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दियो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन एक गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न सिफारिस गरेसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक संस्था खोल्ने निर्णय गरेको छ ।

गण्डकी विश्वविद्यालयले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र ब्याचलर अफ आर्टस ब्याचलर अफ ल (बीएएलएलबी) का नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालय दुवै कार्यक्रममा विद्यार्थी भर्ना आवेदन खुला गरिएको छ । शैक्षिक वर्ष २०७८–०७९ का लागि स्नातक तहको कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन खुला गरेको हो ।

गृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुलाई कारबाही गर्ने जनाएको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो आएको भन्दै गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै त्यस्तो गैर कानुनी रुपमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरुविरुद्ध उजुरी दिन आग्रह गरेको हो ।

नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका विद्यार्थीले आज विश्वविद्यालय अनुदान आयोग अगाडि धर्ना दिएका छन् । आयोगले नै संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुलाई विभेद गरेको भन्दै विगत २१ दिन यता विभिन्न चरणको आन्दोलन गर्दै आएका विद्यार्थीले धर्ना दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय (त्रवि) कर्मचारी संघले विभिन्न पक्षले आआफ्नो अनुकूलका माग राखी त्रिविका (दैनिक प्रशासन संचालन देखि कर्मचारी,प्राध्यापकका विज्ञापन लगायत अन्य सवै कार्यहरु) ठप्प भएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

त्रिविले सवै स्कुल, विभाग र क्याम्पसलाई आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको छ ।

सम्बन्धित स्थानीय तहले तय गरेको समय सीमा र मापदण्ड कायम गरी सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन गराउने निर्देशन दिएको हो ।

करिब पाँच वर्षपछि शिक्षक सेवा आयोगले शिक्षक पदपूर्तिको लागि विज्ञापन गरेको छ । खुलातर्फ १७ हजार २२३ पदमा विज्ञापन गरेको छ । १७ हजार पदका लागि २ लाख ४० हजार ४४२ जनाले आवेदन दिएका छन् ।

मावि तहको १ हजार ५५२ पदमा विज्ञापन गरेको छ । सो पदमा प्रतिस्पर्धाका लागि ३६ हजार ५८२ को आवेदन परेको छ । कुल आवेदक मध्ये ९९७ जनाको आवेदन फाराम रितपूर्वक नआएको आयोगले जानकारी दियो ।

त्यसैगरी निम्न माध्यामिक तहमा ८८ हजार ५१९ ले प्रतिस्पर्धाका लागि आवेदन दिएका छन् । ती आवेदक मध्ये २ हजार ८६५ जनाको आवेदन रितपूर्वक परेको छैन । एक जना आवेदकले दोब्बर दस्तुर लाग्ने समयमा सिंगल दस्तुरको मात्र रकम बुझाएका छन् ।

प्राथमिक तहको १३ हजार २९७ रिक्त शिक्षक पदका लागि १ लाख १५ हजार ३५१ जनाले आवेदन दिएका छन् । जसमा १४ सय २१ जनाको आवेदन रितपूर्वक आएका छैनन् ।

तीनै तहको रित नपुगेका आवेदकहरुले राजश्व रकम दाखिला नगरेको आयोगले जानकारी दियो । आयोगका अनुसार रित नपुगेका आवेदकको आवेदन अस्वीकृत गरेको छ ।

आयोगको प्रतियोगितात्मक परीक्षालाई स्वतन्त्र, निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि  स्वीकृत भएको छ । शिक्षक सेवा आयोगले तयार गरेको कार्यविधि आजैबाट कार्यान्वयनमा ल्याएको हो ।

A Levels MA