त्रिविलाई बन्धक बनाइयोः कर्मचारी संघ

त्रिभुवन विश्वविद्यालय (त्रवि) कर्मचारी संघले विभिन्न पक्षले आआफ्नो अनुकूलका माग राखी त्रिविका (दैनिक प्रशासन संचालन देखि कर्मचारी,प्राध्यापकका विज्ञापन लगायत अन्य सवै कार्यहरु) ठप्प भएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संघले एक विज्ञव्ति जारी गर्दै त्रिविलाई पुरै बन्धक बनाइएको प्रति कर्मचारी संघ केन्द्रीय समितिको गम्भीर ध्यानार्कषण भएको जानकारी दिएको हो ।

‘विगत २ वर्ष देखि कोभिड–१९ ले सवै क्षेत्र थलित भईरहेको अवस्थामा केही समय देखि कहिले विद्यार्थीहरुले र कहिले प्राध्यापकहरुले आ–आफना पेशागत माग राखी आन्दोलन गर्ने र आन्दोलनका नाममा त्रिवि केन्द्रीय कार्यालय परिसरमा ताला लगाउने प्रवृत्ती बढेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘पदाधिकारीहरु आन्दोलनरतपक्षसंग वार्ताद्वारा समस्याको सामाधान नखोजी आफनो मन खुशी इच्छा अनुसार काम गर्ने गरिरहेका छन । यसरी दुई महिना अघि देखि त्रिविमा कहिले एक वर्गले कहिले अर्को वर्गले आलोपालो जस्तै गरी ताला लगाउने तर पदाधिकारीहरु भने जिम्मेवार बनि समस्या समाधान तिर नलाग्ने प्रवृत्ति देखिएको,यो प्रवृत्तिले त्रिविका सम्पूर्ण कार्यहरु ठप्प भएको छ ।’

त्रिविमा व्यवस्थापन र ताला लगाउने पक्ष विच जे–जस्तो अवस्था भएता पनि कर्मचारीहरुले काम गर्न पाउनु नैसर्गिक अधिकार भएका कारण सम्पूर्ण कर्मचारीहरुले कार्यालय समयमा आ–आफनो काम गर्न पाउनु पर्छ भन्ने हाम्रो ठहर रही आएको विज्ञप्तिमा उल्लेख छ ।

संघले सरोकारवालाहरुसँग यथाशिघ्रं सम्वाद, वार्ता र सहमति के गर्ने हो ? छिटो भन्दा छिटो गरी त्रिवि केन्दीय कार्यालयमा लगाईएका तालाहरु अविलम्ब खोली त्रिवि केन्द्रीय कार्यालयको दैनिक कार्य सुचारु रुपमा संचालन गर्न त्रि।वि। व्यवस्थापनसंग संघले माग गरेको छ ।

आन्दोलनरत पक्षहरुले पनि वार्तालाई एक प्रकारको आन्दोलनकै रुप हो भन्ने अर्थमा लिएर व्यवस्थापनसंरर्तामा बसि छलफल र सम्वादवाट सामाधान खोज्नुका साथै त्रिवि संचालनमा सहयोग पुयाउन वित्रिप्तिमार्फत् आग्रह गरेको छ ।

विगत केही वर्ष देखि व्यवस्थापकीय तथा निर्णय गर्ने क्षमताको कमजोरीका कारण त्रिविले आफनो उन्नवयनमा गति लिन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

त्रिवि झन झन शैक्षिक, आर्थिक, कर्मचारी प्रशासन र अन्य कुनै पनि पक्षमा सुधार नभई विगत भन्दा झन फितलो र कमजोर भई अव्यवस्थित हुदै गई उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books