गण्डकी विश्वविद्यालयमा बीबीए र बीएएलएलबी कार्यक्रम सञ्चालन हुने

गण्डकी विश्वविद्यालयले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र ब्याचलर अफ आर्टस ब्याचलर अफ ल (बीएएलएलबी) का नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालय दुवै कार्यक्रममा विद्यार्थी भर्ना आवेदन खुला गरिएको छ । शैक्षिक वर्ष २०७८–०७९ का लागि स्नातक तहको कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन खुला गरेको हो ।

इच्छुक विद्यार्थीले माघ २१ गते देखि फाल्गुन १३ गतेसम्म आवेदन दिन सक्ने विश्वविद्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

बीबीए

यो विश्वविद्यालयले शैक्षिक वर्ष २०७८–०७९ देखि स्नातक तहमा बीबीए कार्यक्रम सञ्चालनमा ल्याएको छ । सेमिनार, परियोजना कार्य, अनुभवात्मक शिक्षा, अनुसन्धान कार्यमा जोड दिँदै चार वर्षमा आठ सेमेस्टरको कार्यक्रम हो ।

यो कार्यक्रममा प्रवेश हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ वा सो सरहको मान्यता प्राप्त तह पुरा गरी कक्षा ११ र १२ का प्रत्येक विषयमा डी प्लस वा १.८ सीजीपीए प्राप्त गरेका जुनसुकै विषयका विद्यार्थीले पनि भर्ना पाउने विश्वविद्यालयले जानकारी दियो । विश्वविद्यालयले लिने प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भर्ना लिने छ । यो कार्यक्रममा लागि एक शैक्षिक सत्रमा ४० जनाको कोटा निर्धारण गरेको छ ।

कस्तो छ बीएएलएलबी कार्यक्रम

बीएएलएलबी एकीकृत कार्यक्रम हो । यसमा कला र कानून विषयको संयोजन गरिएको छ । यो कार्यक्रम पाँच वर्षसम्म स्नातक तहमा सञ्चालन गरिनेछ । १० सेमेस्टर सञ्चालन हुनेछ भने यो यसको क्रेडिट घण्टा डिग्री कोर्सको लागि १९० तोकिएको छ । अनिवार्य ६८ र ऐच्छिक २१ सहित यो कोर्स पुरा गर्न विद्यार्थीले कुल ८९ विषय अध्ययन गर्नु पर्ने विश्व विद्यालयले जानकारी दियो ।

 यसको पाठ्यक्रममा समाजशास्त्र, राजनीतिशास्त्र, इतिहास, अर्थशास्त्र, नेपाली, अङग्रेजी, जस्ता धेरै मानविकी र सामाजिक विज्ञान क्षेत्रका विषय समावेश गरिएको छ । यी विषय कानुन विषयमा अध्ययन पुरा गर्न पूरक विषयका रुपमा राखिएको विश्व विद्यालयले जानकारी दियो ।

यो पाठ्यक्रम आफ्नो कला अध्ययन संग कानूनी ज्ञान प्राप्त गर्न चाहने जो कोहीको लागि उपयुक्त हुने विश्व विद्यालयको दबी छ । पाठ्यक्रमले सैद्धान्तिक ज्ञानमा मात्र नभई वास्तविक विश्व परिस्थितिहरूमा कानूनको व्यावहारिक प्रयोगको गतिशीलता बुझ्न पनि सहयोग गर्ने विश्व विद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ बताउँछन् ।

‘कानुनमा विद्यार्थीको चाम धेरै छ त्यसैले वर्तमान सन्दर्भमा कानुन र मानविकीलाई एकीकृत गरेर पाठ्यक्रम निर्माण गरी पाठ्यक्रम निर्माण गरेका छौं ।’ उनले भने, ‘पहिलो सेसनका लागि भर्ना आव्वहान गरिसकिएको छ, भर्खर सञ्चालनमा आएको विश्व विद्यालयमा यसअघि स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ ९विएसएम० मा १६, व्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी ९विआइटी० मा ३१ र विफार्ममा २० गरी ६७ विद्यार्थी अध्यनरत छन् हेरौं यी दुई विषयमा कति विद्यार्थी आउँछन् ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विविध क्षेत्रमा सेवा दिन सक्ने योग्य कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सेवा दिनका लागि कानुनी सीप, योग्यता र इमान्दारीताले सुसज्जित गुणस्तरीय र दक्ष कानुनी जनशक्ति उत्पादन गर्ने रहेको छ।

समस्या समाधान, आलोचनात्मक सोच, बलियो तर्क, विश्लेषणात्मक सिप, आलोचनात्मक निर्णय कौशल, वकालत, र कानूनी मस्यौदा जस्ता विभिन्न सिप तालिम र विकास गर्न उद्देश्यका साग विश्व विद्यालयले यो कार्यक्रम् भित्र्याएको हो ।।

व्यावहारिक तालिम पत्र, मुट कोर्ट, अनुसन्धान आदि मार्फत विद्यार्थीहरूलाई कानूनको व्यावहारिक प्रयोगमा संलग्न गराउने विश्व विद्यालयले जानकारी दियो ।

यो कार्यक्रममा भर्ना हुनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कुनै पनि समूहका विषयमा सी प्लस वा सीजीपीए २.४ वा सो बराबरको प्राप्ताङ्क ल्याएर उत्तीर्ण भएको हुनु पर्ने विश्व विद्यालयले जानकारी दियो ।भर्नाका लागि एसईई र प्लस २ को ग्रडलाई पनि आधार मानिने नियम विश्व विद्यालयले बनाएको छ । भर्ना हुनका लागि विद्यार्थीले अनिवार्य रुपमा आवेदकहरूले विश्वविद्यालयद्वारा लिइने प्रवेश परीक्षा पास गर्नुपर्छ। प्रवेश परीक्षाको पूर्णाङ्क १०० तोकिएको छ । प्रवेश परीक्षा ८५ अङ्कको लिखित हुने छ भने ८५ अङ्क मध्ये ४५ अङ्क व्यक्तिपरक प्रश्नका लागि र ४० अङ्क वस्तुगत प्रश्नका लागि छुट्याइएको छ ।

लिअन्तर्वार्ताका लागि ५ अंकको छ र बाँकी १० अंक शैक्षिक स्कोर अर्थात् एसईईको ५ प्रतिशत र ५ प्रतिशत प्लस २ का लागि छुट्याएको छ ।

माध्यम भाषाका रुपमा अङ्ग्रेजी छनोट गरेको छ तर तर, कानूनी नेपाली, प्रक्रियागत कानून र मुट कोर्ट नेपाली संस्करणमा लेखिने विश्व विद्यालयले जानकारी दियो । प्रयोगात्मक प्रश्नपत्र आवश्यकता अनुसार हुने विश्व विद्यालयले जानकारी दियो ।

मूल्याङ्कन प्रक्रिया

प्रत्येक विद्यार्थीको शैक्षिक कार्यसम्पादन चरणबद्ध रूपमा मूल्याङ्कन गरिनेछ । आन्तरिक र बाह्य परीक्षा मार्फत मूल्याङ्कन गर्ने छ । हरेक सेमेस्टरको अन्त्यमावरीक्षा नियन्त्रकको कार्यालयद्वारा अन्तिम परीक्षा गर्ने विश्व विद्यालयले जानकारी दियो । हरेक सेमेस्टरको पास अङ्क ५० प्रतिशत तोकिएको छ ।

मूल्याङ्कनको आधारका रुपमा कक्षा हाजिरी, असाइनमेन्ट, प्रस्तुतीकरण र आन्तरिक मूल्याङ्कनबाट ४० प्रतिशत र बाँकी ६० प्रतिशत बाह्य परीक्षकद्वारा गरिनेने छ विश्व विद्यालयले तयार गरेको पाठ्क्रममा उल्लेख छ ।

विद्यार्थीले ८० प्रतिशत हाजिरी कायम गर्नुपर्नेछ । यदि विद्यार्थीले विश्वविद्यालयले तोकेको न्यूनतम आवश्यकता पूरा गर्न नसकेमा आन्तरिक मूल्याङ्कनमा अयोग्य ठहरिने विश्व विद्यालयले जानकारी दियो ।

Thuprai - Books and E-books