After SEE Portal

फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न सीसीएमसीको सिफारिस

Bridge Course

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आजको बैठकले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सरकारलाई सिफारिस गरेको छ  ।

१२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षमुनिका बालबालिकालाई भने बारअनुसार आलोपालो कक्षा सञ्चालन गर्न गराउने सिफारिस गरेको हो ।

‘जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले डीसीएमसीले स्थानीय अवस्थाको मूल्याङ्कन गरेर विद्यालय सञ्चालन गर्ने वा त्यसमा कडाई गर्न पाउने गरी सीसीएमसीसीको आजको बैठकले सिफारिस गरेको छ ।’ सीसीएमसीका प्रवक्ता सुनिता नेपालले भनिन्, ‘विद्यालय भौतिक रुपमा खुले पनि विदालयले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड भने पुरा गर्नुपर्नेछ, खोप लगाइसकेका १२ वर्ष माथिकालाई नियमित र  १२ वर्ष भन्दा मुनीका बालबालिकालाई आलोपालो प्रणाली अनुसार पठनपाठन गराउनुपर्ने छ ।’

कोभिडको सङ्क्रमण तीव्र भएपछि कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारले पछिल्लो समय माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।  तर, केही स्थानीय तहले संघीय सरकारको निर्णय अवज्ञा गर्दै विद्यालय सञ्चालन गरिसकेका छन् ।

A Levels MA