After SEE Portal

शिक्षक सेवा आयोग कार्यसञ्चालन कार्यविधि स्वीकृत (कार्यविधिको पूर्ण दस्तावेजसहित)

Bridge Course

प्रतियोगितात्मक परीक्षालाई स्वतन्त्र, निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि आज स्वीकृत भएको छ ।

शिक्षक सेवा आयोगले तयार गरेको कार्यविधि आजैबाट कार्यान्वयनमा ल्याइएको छ । 

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले विगतमा भएको कार्यविधि खारेज गरिएको बताउँदै भने, “नयाँ कार्यविधि ल्याइएको छ । समय सापेक्ष नयाँ कार्यविधि कार्यान्वयनमा आएको छ ।”

कार्यविधिमा पाठ्यक्रमसम्बन्धी, कार्यतालिका तथा पद सङ्ख्यासम्बन्धी, विज्ञापन प्रकाशन तथा दरखास्त फाराम छानबिन र स्वीकृतिसम्बन्धी, उम्मेदवारको सत्यापनसम्बन्धी लगायतका व्यवस्था गरिएको छ ।

यसैगरी कार्यविधिले प्रश्न निर्माण र परिमार्जनसम्बन्धी नयाँ व्यवस्था गरेको छ । विवादास्पद, बहुअर्थ लाग्ने र अस्पष्ट प्रश्न सोध्न नमिल्ने कार्यविधिमा स्पष्ट उल्लेख गरिएको छ । 

कार्यविधिमा परीक्षाको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी वा दुवै हुने भनिएको छ । आयोगबाट लिइने परीक्षा शिक्षा विकास निर्देशनालय वा शिक्षा विकास तथा समन्वय एकाइमार्फत सञ्चालन गरिनेछ । 

तल दिइएको पीडीएफमा कार्यविधि अध्ययन गर्न सकिनेछ ।

शिक्षक सेवा आयोग कार्यसञ्चालन कार्यविधि

A Levels MA