CMAT

उत्कृष्ट शिक्षक, कर्मचारी र शिक्षण संस्था पुरस्कृत  (पुरस्कार तथा विभूषण पाउनेको विस्तृत विवरणसहित)

Bachelors Portal

 ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज मनाइएको राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।

७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरेको छ भने ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गर्ने गरी नामावली सार्वजनिक गरेको छ । नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जना गरी जम्मा ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गर्ने गरी नामावली सार्वजनिक गरेको छ ।

यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने गरी नामावली सार्वजनिक गरेको छ । त्यससैगरी तीन तीन सामुदायिक र निजी विद्यालयलाई तथा प्राविधिक धारका विद्यालय तथा क्याम्पसलाई पुरस्कृत गनेको छ ।

मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा राष्ट्रिय स्तरमा उत्कृष्ट आंगिक तर्फ पुल्चोक क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पसतर्फ लुम्बिनी बाणिज्य क्याम्पस र निजी तर्फ काठमाडौं मोडेल कलेज, बागबजार काठमाडौंलाई उत्कृष्ट क्याम्पसका रुपमा रु. २ लाख ५० हजार नगद र प्रमाणपत्र प्रदान गरेको छ ।

त्यसैगरी समाज कल्याण पुरस्कारले सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा एसओएस बालग्राम, मध्यपुर ठिमी-२, भक्तपुर, सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर-४, सुर्खेतलाई तीनतीन् लाख रुपिया नगद र प्रमाण पत्र प्रदान गरेको छ ।

त्यसैगरी बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बाललिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूमध्ये स्वीकृत मापदण्डको आधारमा माला खरेल, अध्यक्ष, बाल सारथी एकेडेमी, काठमाण्डौ-८,लाई एक लाख नगद र प्रमाणपत्र प्रदान गरेको छ ।

त्यसैगरी विश्वविदालयका शिक्षक कर्मचारी तर्फ राष्ट्रिय शिक्षा पुरस्कार २५ जनालाई, सोही पुरस्कार प्राविधिक शिक्ष शिक्षक कर्मचारीतर्फ ४ जनालाई, सार्वजनिक विदालयका शिक्षकतर्फ कोशी प्रलेशका १३, मधेशका ४, बागमतीका १३, गण्डकीकाका ११, लुम्बिनी प्रदेशका १२, कर्णाली प्रदेशका १० र सुदुरपश्चिम प्रदेशका ९ जनालाई प्रदान गरेको छ ।

सो पुरस्कार निज ितर्फ कोशी ५, मधेश २, बागमती ५,गण्डकी ५, लुम्बिनीका ५ कर्णालीका ४ र सुदुर पच्मिका ५ जनालाई प्रदान गरेको छ ।

त्यसैगरी विद्यालय कर्मचरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , प्रारम्भिक बालविकास सहजकर्ता लाई सो पुरस्कार प्रदान गरेको छ । कोशीका ५, मधेशका ४ बागमतीका ५, गण्डकीकाका ४, लुम्बिनीका ५, कर्णालीका ५, सुदुरपश्चिमका ५ जनालाई उक्त पुरस्कार प्रदान गरेको छ ।

सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।

नेपाल विद्याभूषण पाउने व्यक्ति

उत्कृष्ट शिक्षक, कर्मचारी तथा शिक्षालय

Thuprai - Books and E-books
I Tech store