After SEE Portal

पुरस्कृत विद्यालयको नाम घोषित

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वात्कृष्ट विद्यालय छनोट गरेको छ । नतिजा लगायतका आधारमा विद्यालय छनोट गरिएको हो ।

मन्त्रालयका अनुसार सामुदायिक विद्यालयतर्फ सिन्धुली दुधौलीको कमला माविले सर्वाेत्कृष्टको पहिलो स्थान, सिन्धुली ढुँग्रेबासको कमला माविले दोस्रो स्थान र सल्यान कुमाखको नारायण माविले तेस्रो स्थान हासिल गरेको छ ।

पहिलोलाई तीन लाख रुपियाँ, दोस्रोलाई दुई लाख रुपियाँ र तेस्रोलाई एक लाख रुपियाँका साथै शिल्ड, ध्वजा र प्रमाणपत्र उपलब्ध गराइनेछ ।

त्यस्तै निजीतर्फ पहिलो स्थानमा ललितपुर मानभवनको प्रसादी एकेडेमी, दोस्रो स्थानमा काठमाडौं माइतीघरको सेन्टजेभियर्स कलेज र तेस्रो स्थानमा काठमाडौँको बूढानीलकण्ठको बूढानीलकण्ठ स्कुल छनोटमा परेको छ । त्यस्तै प्राविधिक शिक्षालयमा सामुदायिकतर्फ विराटनगरको आदर्श मावि सर्वात्कृष्ट भएको छ ।

 प्राविधिक धार सञ्चालन गर्दै आएका संस्थामा रुपन्देहीको कोरिया नेपाल पोलिटेक्निकल इन्स्टिच्युट, मोरंगको मनमोहन मेमोरियल पोलिटेक्निकल र झापाको लाइफ लाइन अस्पताल प्रालि रहेको छ ।

यी सबै शिक्षण संस्थालाई भोलि मंगलबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने राष्ट्रिय शिक्षा दिवसको मूलसमारोह समितिको कार्यक्रममा पुरस्कृत गरिनेछ ।

A Levels MA
Thuprai - Books and E-books