After SEE Portal

नेपाल विद्याभूषण वितरण नगरिने

Bridge Course

यसपटक राष्ट्रिय शिक्षा दिवसमा नेपाल विद्याभूषण वितरण नगरिने भएको छ । विद्याभूषण तयार गर्न नभ्याउने भएकाले वितरण सम्भव नभएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्याभूण पाउनेको नाम वेबसाइटमा सार्वजनिक गर्ने भएको छ ।  पदक वितरण गर्न नसकिने भएपछि नाममात्र सार्वजनिक गरिने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि सचिव सुरेश अधिकारीले ढिला गरी बजेट प्राप्त भएकाले विद्याभूषण वितरण गर्न सम्भव नभएको बताए ।

उनले गत साउनमा बजेट घोषणा भएको, भदौमा बजेट प्राप्त भएको भन्दै विद्याभूषण तयार गर्न समयका कारण सम्भव नभएको बताए । उनका अनुसार ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयले त्यतिका पदक बनाउन कम्तीमा तीन महिना लाग्ने जानकारी दिएको थियो ।

शिक्षा सचिव अधिकारीले पछि कुनै दिन तय गरेर पदक वितरण गरिने जानकारी दिए । पदकका लागि चार करोड रुपियाँ प्राप्त भएको थियो । उनले त्यसमध्ये करिब ६० लाख रुपियाँ शिक्षा दिवससम्बन्धी कार्यक्रम र विद्यालयलाई पुरस्कृत गर्न खर्च हुने बताउँदै पदक तयार गर्न अझै एक करोड रुपियाँ अपुग हुने बताए । पुरस्कारका लागि एक हजार ७९ जनाले आवेदन दिएका थिए ।

तीमध्ये प्रारम्भिक छानविन समितिले पदक तथा पुरस्कारका लागि ९६२ जनालाई सिफारिस गरेको छ । नेपाल विद्याभूषण ‘क’ का लागि ७९२, नेपाल विद्याभूषण ‘ख’ का लागि १७७ र नेपाल विद्याभूषण ‘ग’ का लागि ५० जनाले आवेदन दिएका छन् ।

त्यसैगरी नेपाल छात्रा विद्या पदक नेपाल छात्रा विद्या पदक ‘क’ का लागि २८ र नेपाल छात्रा विद्या पदक ‘ख’ का लागि २० जनाले आवेदन दिएका छन् ।

त्यस्तै नेपाल प्रविधि विद्या भूषणका १२ का लागि १२ जनाले आवेदन दिएको आज मन्त्रालयले आयोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसपटक राष्ट्रपतिको कार्यालय शितल निवासमा पनि औपचारिक कार्यक्रम नहुने भएको छ ।

तीन तीन ओटा विद्यालय पुरस्कृत हुने

सो दिन सामुदायिक र संस्थागत तीनतीन ओटा उत्कृष्ट विद्यालयलाई मन्त्रालयले राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ । उक्त पुरस्कार पहिलोलाई रु। तीनतनि, दोस्रोलाई रु। एकएक लाख र तेस्रोलाई रु। एक लाख सहित सबै विद्यँलयलाई शिल्ड ध्वाजा र प्रमाण पत्र वितरण गरिने उनले बताए ।

 सो अवसरमा प्राविधिक धार तर्फका चार विदँलय पनि पुरस्कृत हुने भएका छन् । त्यसैगरी आंगिक, सार्वजनिक र निजी उच्च शिक्षा प्रदायक संस्थालाई पनि विशवविदालय अनुदान आयोगले तर्जुमा गरेको बजेट अनुसार पुरस्कृत गरिने भएको छ ।

संसदमा दर्ता भएका विद्यालय शिक्षा विधेयक प्रति शिक्षकको असन्तुष्टि भएको भए पनि वर्तमान राज्यको क्षमता अनुसार शिक्षकको माग सम्बोधन गर्ने प्रयत्न गरिएको सचिव अधिकारीले बताए । सचिव अधिकारीले सबै शिक्षकलाई शिक्षा दिवसको कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरे ।

A Levels MA
Thuprai - Books and E-books