After SEE Portal

नमुना विद्यालयको औसत जीपीए जिल्लाको औसत भन्दा कम

Bridge Course

जिल्लाको औसत जीपीए तुलना गर्दा सामुदायिकको भन्दा संस्थागतको केही राम्रो देखिएको छ । ०७८ को  एसईईमा सामुदायिक विद्यालयको औसत जीपीए २.३२ रहेको छ भने संस्थागत विद्यालयको औसत जीपीए ३.०५ प्राप्त गरेका छन् । 

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा काठमाडौं जिल्लाका  १० जना विद्यार्थीले मात्र ४.० जीपीए ल्याएका छन् ।

२०७५ सालको एसईईमा ४० विद्यालयका ५२ जना परीक्षार्थीले जीपीए ४.० प्राप्त गरेका थिए । भने, २०७८ मा  ८ विद्यालयका जम्मा १० ले मात्र जीपीए ४ ल्याएका छन् ।

२०७५ सालको एसईई भन्दा ३.६ देखि ४.० जीपीए ल्याउनेको संख्या  ९.५१ प्रतिशतले कमी आएको छ । यो वर्ष ३.२ जीपीए भन्दा बढी नतिजा प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या अनपेक्षित रुपमा घटेको शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंले जानकारी दियो । यो सङ्ख्या १८.४१ प्रतिशतले घटनु निराशाजनक  भएको इकाले बतायो ।

जिल्लाको औसत जीपीए तुलना गर्दा सामुदायिकको भन्दा संस्थागतको केही राम्रो देखिएको छ । ०७८ को  एसईईमा सामुदायिक विद्यालयको औसत जीपीए २.३२ रहेको छ भने संस्थागत विद्यालयको औसत जीपीए ३.०५ प्राप्त गरेका छन् । 

साधारणधारका कुल ३६ हजार ५७८ परीक्षार्थी मध्ये काठमाडौंका  १ हजार ४२३ जना विद्यार्थी परीक्षामा  अनुपस्थित थिए । २०७८ को एसईईमा काठमाडौंका ५२ विद्यालयले मात्र औसत जीपीए ३.४ माथि ल्याएका छन् ।

उत्कृष्ट भनिँदै आएका ज्ञानोदय, सिद्धिगणेश, जालुपा, तरुण, महेन्द्र राष्ट्रिय, पृथ्वी नारायण, कालिका देवी, बलम्बु, सरस्वती निकेतन माविको औसत जीपीए ३.०७ रहेको छ ।

राम्रो भौतिक पूर्वाधार । सुविधा सम्पन्न कक्षाकोठा र मोटो रकम अनुदान पाउँदैमा सिकाइको स्तरवृद्धि हुन नसक्ने यो नतिजाले पुष्टि गरेको छ ।

काठमाडौंका नमुना भनिएका विद्यालयहरू कालिका, मंगल, विश्वनिकेतन, कंकाली, जनसेवा, शान्तिनिकुञ्ज, चामुण्डा, तिलिङ्टार, आदर्श माविको औसत जीपीए २.४७ मात्र रहेको छ । नमुना विद्यालयको नतिजा जिल्लाको औसत भन्दा कम देखिएको इकाइले गरेको नतिजा विष्लेषणमा  उल्लेख छ । राम्रो भौतिक पूर्वाधार । सुविधा सम्पन्न कक्षाकोठा र मोटो रकम अनुदान पाउँदैमा सिकाइको स्तरवृद्धि हुन नसक्ने यो नतिजाले पुष्टि गरेको छ ।

काठमाडौंको तीन विद्यालयको औसत जीपीए १.६ भन्दा कम रहेको छ । ऋता एकेडेमी बालाजु, वैष्णवी मावि भाजंगल, बालसेवा मावि झोंछेको  जीपीए न्यून रहेको छ । 

जिल्लाबाट माध्यमिक शिक्षा परीक्षामा समावेश भएका साधारण धार तर्फका ३६ हजार ५७८ विद्यार्थीहरुले प्राप्त गरेको औसत जीपीए २.९२ हो । जुन २०७५ सालको ३.१२ भन्दा ०.२० ले कम छ । २०७८ को सामुदायिक विद्यालयको औसत जीपीए २.३२ छ । २०७५ को २.६२ को तुलनामा ०.३० ले कमी आएको छ ।

संस्थागत विद्यालयको औसत जीपीए ३.०५ रहेको छ । संस्थागत विद्यालयको २०७५ सालको ३.२५  थियो । विगतको तुलनामा संस्थागतमा पनि नतिजा खस्किएको छ । २०७५ को तुलनामा ०.२० ले कम आएको छ । 

साथै खुला, बैकल्पिक तथा महिला विद्यालयको औसत जीपीए २.४९  रहेको छ । २०७८ को एसईईको नतिजा अनुसार जिल्लाको शैक्षिक गुणस्तरमा ह्रँस आएको  इकाइले गरेको नतिजा विश्लेषणम उल्लेख गरिएको छ ।

साधारणधारको तुलनामा  प्राविधिक धारको नतिजा भने सन्तोस जनक देखिएको छ । तर सैद्धान्तिकमा कमजोर देखिएका विद्यार्थीले प्रयोगात्मकमा भने उच्च प्राप्ताङ्क ल्याएका छन् ।

काठमाडौंबाट प्राविधिकधारका ४८८ जना सहभागी थिए । निजीस्रोतबाट सञ्चालित बुढानिलकण्ठ मोडेल एकेडेमी चपलीबाट पहिलो पटक २६ जना विद्यार्थीले एसईई दिएका थिए ।

जिल्लाका जम्मा २०४ विद्यालयहरुबाट ५० जना र सोभन्दा बढी विद्यार्थी परीक्षामा आवेदन  दिएका थिए । ती विद्यालयको औसत जीपीए २.९३ अर्थात जिल्लाको औसत जीपीए बराबर रहेको छ ।

यसमा २० वटा वैकल्पिक विद्यालय, ६२ सामुदायिक विद्यालय र बाँकी १२२ संस्थागत विद्यालय छन् । अनुपातको हिसावले वैकल्पिक विद्यालयबाट आवेदन गर्ने सबै भन्दा बढी ७७ प्रतिशतमा ५० वा सो भन्दा बढी परीक्षार्थी रहेका छन् ।

दोस्रोमा सामुदायिक विद्यालय जसमा करीव ३८ प्रतिशत विद्यालयहरूबाट ५० वा सोभन्दा बढी परीक्षार्थीले आवेदन गरेका थिए भने संस्थागत करीब १५ प्रतिशत विद्यालयहरुले ५० वा सोभन्दा बढी विद्यार्थीलाई परीक्षामा आवेदन गराउन सफल भएका थिए।

A Levels MA
Thuprai - Books and E-books