After SEE Portal

त्रिविको व्यवस्थापन संकायद्वारा दुई नयाँ कार्यक्रम सञ्चालनमा, अर्को ल्याउने तयारी गर्दै

Bridge Course

एमबीए कर्पोरेट लिडरसिप र एमबीए मार्केटिङका कार्यक्रम सुरु गरेको छ ।  दुइवटै कार्यमक्रममा नयाँ  भर्नाको लागि आवेदन खुला गरेको छ भने आगामी डिसेम्बरदेखि सहकारी बोर्ड र त्रिविको संयुक्त प्रयासमा एमबीए कोअपरेटिभ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

पाँच वर्ष अगाडि शिक्षाशास्त्र संकाय अन्तर्गत अनिवार्य गणित विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययन गर्दा गर्दै कपिलवस्तुकी विष्णु आचार्यको विवाह भयो । विवाह पछि उनले घरपरिवारको जिम्मेवारीका साथमा स्थानीय सहकारीमा मार्केटिङ मेनेजरको जागिर पाइन् । १०+२ देखि नै ए + बी को होल स्क्वायरको सूत्र घोकेकी उनलाई मेनेजरको जागिर निल्नु न ओकल्नु भयो । जोड, घटाउ, गुणन, भागलगायतका गणितीय ज्ञानलाई सूत्रमा ढाल्न पोख्त उनलाई सैद्धान्तिक ज्ञान नभएका कारण मेनेजरको भूमिका निभाउन मुस्किल पर्यो । जेनतेन उनले त्यो भूमिकामा सैद्धान्तिक ज्ञानको अभावमा व्यवहारिक सिपले आफूलाई तिखारिन् । अहिले काम गर्दै जाँदा अनुभवका आधारमा सबै काम सजिलै गर्न थालेको उनी बताउँछिन् । ‘सुरुमा सबैले गणित राम्रो विषय हो भने आफूले पनि त्यसैलाई मूल विषय बनाइयो ।’ उनी भन्छिन्, ‘सैद्धान्तिक कौसल एकातिर रोजगार अर्कातिर हुँदा क्षमताको सही प्रयोग गर्न सकिएन, सुरुमा थाहा भएन गणित पढियो शिक्षक सेवा आयोगले समयमा विज्ञापन नगरेपछि राहात र करारमा पहुँचवालाले मात्र नियुक्ति पाउने हुँदा मैले पेसा परिवर्तन गरें तर व्यवसायिक कौसल हासिल गर्न झन्डै एक वर्ष लाग्यो ।’

अहिले पनि सभा, सेमिनार तिर सहभागी हुँदा कतिपय विषयमा आफूलाई असहज हुने उनी बताउँछिन् । यहि असहजतालाई सैद्धान्तिक कौसल हासिल गर्न अहिले उनी त्रिविले यहि वर्षबाट सञ्चालनमा ल्याएको व्यवस्थापन संकाय अन्तर्गतको एमबीए  मार्केटिङ विषय पढ्ने सोच बनाएकी छिन् । ‘व्यवहारिक कौसललाई थप अभिवृद्धि गर्न म एमबीए मार्केटिङमा भर्ना गर्ने सोच बनाएकी छु ।’ उनले थपिन्, ‘एक सेमेस्टरमा ३५ जना मात्र विद्यार्थी भर्ना लिने रहेछ पढ्न छाडेको धेरै भो नाम ननिस्किएला कि भन्ने डर छ ।’

तेह्रथुमका महेन्द्र खड्काले स्नातक पछि स्थानीय सहकारीमा व्यवस्थापकका रुपमा काम सुरु गरे । विद्यार्थी जीवनमा गरेको राजनीतिले थोरै बोल्न सिकाएको उनलाई व्यवहारिक कौसल भए पनि सैद्धान्तिक ज्ञान, सिपको अभावमा धेरै ठाउँमा समस्या भएको उनको भोगाइ  छ । उनी पनि एमबीए कर्पोरेट लिडरसिप पढ्ने सोचमा छन् ।

उनी जस्तै शंखुवासभाका छिरिङ लामाले मानविकीबाट २०६८ सालमा स्नातक उत्तीर्ण गरे । स्नातकपछि  स्थानीय पर्यटकीय स्थल बसन्तपुर बजारमा होटल व्यवसाय सञ्चालन गरे । उनले होटल स्थापना गरेको सात वर्षपछि पूर्वाञ्चल विश्वविद्यायबाट बिएचएम उत्तीर्ण गरेका देवेन्द्र रेग्मीले पनि उनको जस्तै होटल खोले । देवेन्द्रको होटलले एक वर्ष नबित्दिै राम्रो आम्दानी गर्यो । आम्दानी मात्र होइन उनको होटलमा स्वदेशी तथा विदेशी पर्यटक रमाएर आउन थाले । त्यही देखेर उनको जस्तै व्यवस्थापन गरे पनि व्यापारिक आम्दानी गर्न लामाले सकेनन् । अहिले उनी आफ्नो व्यापारिक कौसलमा कमी भएका कारण आफ्नो व्यवसाय निम्न स्तरको भएको तर ज्ञान, सिप र दक्षता भएका दक्ष जनशक्तिले सञ्चालन गरेको व्यवसायमा फरक पर्ने हुँदा उनी यो विषयको सैद्धान्तिक ज्ञान हासिल गर्न एमबीए कर्पोरेट लिडरसिप विषय अनलाइनबाट मात्र पढ्न सकिने भए पढ्ने सोचमा छन् । उनले भर्नाका लागि आवेदन फारम भरिसकेका छन् तर उनी व्यवहारिक कठिनाइका कारण भौतिक उपस्थितिमा आफू पढ्न नसक्ने बताउँछन् ।

त्रिवि भन्ने बित्तिकै आजभोलि अधिकांशले बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा बुझ्न थालेका छन् । त्रिवि विश्वका राम्रो विश्वविद्यालयको एक हजार भित्र अटाउन सफल भइसकेको अवस्थामा पनि त्रिवि यो आरोपबाट मुक्त हुन सकेका छैन् । नेपालको उच्च शिक्षा प्रदायक संस्था मध्ये सबैभन्दा शक्तिशाली यो विश्वविद्यालयमा हाल इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्सा शास्त्र अध्ययन सस्थांन, वन विज्ञान अध्ययन संस्थान, कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र कानुन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय सञ्चालनमा छन् भने ४० केन्द्रीय विभाग छन् । ती सम्पूर्ण विभागमा ४ लाख १५ हजार ७७७ विद्यार्थी अध्ययनरत छन् ।

त्रिविले केही पुराना विषयमा विद्यार्थीको आर्षण घट्दै गएपछि केही नयाँ विषयको सुरुआत गरेको छ । त्रिविले यो वर्ष व्यवस्थापन संकाय अन्तर्गत दुई नयाँ विषयको अध्यापन सुरु गर्ने भएको छ । एमबीए कर्पोरेट लिडरसिप र एमबीए मार्केटिङका कार्यक्रम सुरु गरेको छ ।  यो दुई विषयमा अहिले धमाधम नयाँ भर्ना लिइरहेको छ भने आगामी डिसेम्बरदेखि सहकारी बोर्ड र त्रिविको संयुक्त प्रयासमा एमबीए कोअपरेटिभ विषय सञ्चालनमा ल्याउने त्रिवि व्यवस्थापन संकायका विभागीय प्रमुख प्राध्यापक रामजी गौतमले जानकारी दिए । ‘विशेषगरी कुसल मार्केटिङ मेनेजर  र कर्पोरेट लिडर उत्पादन गर्ने यो कार्यक्रमको  लक्ष्य हो ।’ उनले भने, ‘नवीन विषयमा विद्यार्थीको आकर्षण बढी देखिएको र स्वदेश तथा विश्वबजारमा बिक्ने जनशक्ति उत्पादन गर्न उद्देश्यले नयाँ कार्यक्रम सुरु गरिएको हो ।’

विभागले स्थानीय निजी र विश्व परिप्रेक्ष्यमा नेपाली निजी क्षेत्रको विकासका लागि सक्षम कर्पोरेट नेता र उद्यमीहरू तयार पार्ने उद्देश्यले  एमबीए लिडरसिपको पठनपाठन सुरु गरिएको जनाएको छ । निजी तथा सार्वजनिक वित्तका प्रबन्धक, विशेष गरी मानव संसाधन विकास गर्न सक्ने जनशक्ति उत्पादन गर्ने सोचका साथ यो  काय्रक्रमको सुरुवात गरिएको हो । उच्च शिक्षा पछि विद्यार्थी  आफैले व्यवसाय छनोट गरी सञ्चालन गर्न सक्ने त्रिविले जनाएको छ ।

त्यस्तै एमबीए मार्केटिङ कार्यक्रमले  सरकारी संस्था तथा गैर सरकारी संघ,संस्थान लगायत सम्पूर्ण  उद्योग व्यवसायलाई सुचारु राख्ने रणनीतिक  योजनाकार उत्पादन गर्छ । मार्केटिङका विद्यार्थीलाई रणनीतिक विश्लेषण, विकास, कार्यान्वयन र मार्केटिङ  कार्यक्रमको मापनका लागि आवश्यक सिद्धान्त, विधि र प्रणालीहका  बारेमा जानकारी प्रदान गर्ने त्रिविले जानकारी दियो । 

संविधानले तीव्र आर्थिक वृद्धि र दिगो आर्थिक विकास गर्न सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत् उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गर्ने कुरा उल्लेख गरेको छ । सरकारको भूमिका भएको सार्वजनिक क्षेत्र सरकारी हो । वैयक्तिक या व्यक्तिहरूबाट सञ्चाल नभएको निजी कम्पनीबाट गरिने कार्यक्षेत्र निजी क्षेत्र हो भने संविधानले निदृष्ट गरेको तेस्रो खम्बा सहकारी क्षेत्र हो । संविधानले नै तीन खम्बे अर्थ नीतिमा पनि यी तीनै विषयलाई सम्बोधन गर्ने गरी कुशल नेतृत्वकर्ता संसाधन उत्पादन गर्न यी विषय सुरु गरिएको व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले बताए । ‘कुसल व्यवसाय सञ्चालक, कुसल व्यावसायिक नेतृत्वकर्ता र सहकारीको उचित विकास तथा प्रवर्धन गरी देश विकास गर्ने सोचका साथ यी विषयको पठनपाठन सुरु गरिएको हो ।’ उनले भने, ‘नयाँ दुईवटै कार्यक्रममा विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेका जो सुकै इच्छुक व्यक्तिले पढ्न पाउनेछन् ।’

त्रिविले विशेषगरी व्यवसायिक नेतृत्व क्षमता अभिवृद्धि गर्ने मानव संशाधन उत्पादन गर्न यो विषयको पठनपाठन सुरु गरेको हो । व्यापारिक प्रयोजनका लागि नेतृत्वदायी कलाकौसल युक्त जनशक्ति उत्पादन गर्न एमबीए कर्पोरेट लिडरसिप विषय सञ्चालनमा ल्याएको छ । दुवै कार्यक्रम चालु शैक्षिक सत्रदेखि नै कार्यान्वयन गरिने व्यावस्थापन संकायका पूर्व सहायक डिन तथा सहप्राध्यापक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार यो संकायले आगामी डिसेम्बरदेखि एमबीए इन कोअपरेटिप कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । ‘मार्केटिङ कला, सिप विकास गरी देशको अर्थतन्त्रमा विदेशी मुद्रा आर्जन गर्नु र विश्वबजारमा विक्न सक्ने जनशक्ति उत्पादन गर्न भनेर त्रिविले यो कार्यक्रम भित्र्याएको हो ।’ उनले भने, ‘एमबीए मार्केटिङमा मार्केटिङ सम्बन्धी सुक्ष्म देखि विस्तृत अनुसन्धान गर्ने र विजनेसका सिप कौसल तथा रणनीतिका विषयमा पढाइ हुन्छ ।’

केही वर्ष यी दुवै कार्यक्रम व्यवस्थापन संकायको केन्द्रीय विभागमा मात्र सञ्चालन हुने छ । विद्यार्थीको आकर्षण, प्रभावकारितालाई हेरेर मात्र यो विषय कोर म्यानेजमेन्ट विषय पढाइ हुने संकरदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस जस्ता व्यवस्थापनका विषय पढाइ हुने क्याम्पसमा परीक्षणमा लगिने त्रिविले जानकारी दियो । केही वर्ष यो कार्यक्रम त्रिविको स्कुलअफ म्यानेजमेन्टले पनि सञ्चालन गर्न पाउँदैन ।

वित्तीय संस्था सञ्चालन तथा परिचालन, यसको व्यवस्थापन, अन्तर्राष्ट्रिय, यसका सैद्धान्तिक पक्ष लगायतलाई समेटेर त्रिविले एमबीए मार्केटिङको कोर्स तयार गरेको छ । भने विजनेश सम्बन्धी आवश्यकता, सम्भाव्यता, यसको विकास यसले देशको अर्थतन्त्रमा पार्ने प्रभावलगायतका विषय

चार सेमेस्टरमा यो कोर्स पुरा हुने विभागीय प्रमुख गौतमले जानकारी दिए । एक शैक्षिक सत्रमा यो विषयमा ३५ जना मात्र विद्यार्थी भर्ना लिने त्रिविले सोच बनाएको छ । नयाँ भर्नाका लागि प्रवेश परीक्षा आवेदन फर्म खुला गरिसकेको छ । आवेदन दिन इच्छुक विद्यार्थीले आगामी अगष्ट ४ सम्ममा आवेदन दिइसक्नु पर्ने छ । विद्यार्थीले सम्पूर्ण कक्षा पढिसक्दा करिब पाँच लाख रुपियाँ लाग्ने त्रिविले जानकारी दियो ।

विद्यार्थी स्वरोजगार उत्पादन हुन्छन् । मार्केटिङ डिपार्टको मेनेजर बन्छन् । विभिन्न बैङ्क तथा वित्तीय संस्था, सहकारी, सरकारी तथा गैर सरकारी संस्थान, प्राधिकरणमा व्यवस्थापक लेवलको रोजगारी पाउँछन् ।  पढाइपछि विद्यार्थीले विभिन्न व्यापारिक संघसंस्थामा नेतृत्व गर्न पाउने हुँदा यी दुवै विषय प्रशस्त सम्भावना बोकेको रोम्रो विषय भएको पूर्व सहायक डिन घिमिरेले बताए ।

A Levels MA
Thuprai - Books and E-books