After SEE Portal

त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारद्वारा पदबहाली

Bridge Course

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्षमा प्राडा खड्ग केसी र रजिष्ट्रारमा प्राडा केदारप्रसाद रिजालले पदबहाली गरेका छन् ।  नवनियुक्त शिक्षाध्यक्ष प्राडा केसी र रजिष्ट्रार  प्राडा रिजालले आज कीर्तिपुर स्थिति कार्यालयमा पदवहाली गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९ को उपदफ  (१) बमोजिम शिक्षाध्यक्ष र दफा २० को उपदफा (१) बमोजिम रजिष्ट्रार पदमा  प्रधानमन्त्री एवम् त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपतिको सिफारिसमा गत चैत ३० नियुक्त गरेका थिए ।

को हुन त्रिविका शिक्षाध्यक्ष

नवनियुक्त शिक्षाध्यक्ष प्राडा केसी मोदी गाउँपालिका ५, पर्वत स्थायी घर भई अन्र्तर्राष्ट्रिय सम्वन्ध तथा कुटनीति विभागका पूर्व प्रमुख समेत हुन् ।

त्रिविबाट राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गरेका उनले  जापान सरकारको छात्रवृत्तिमा जापानको नागासाकी विश्वविद्यालयबाट अन्र्तर्राष्ट्रिय सम्वन्ध विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

जापान सरकारको मोनबुशो संस्थामा सन् २००० देखि सन् २००९ सम्म र जापान फाउन्डेसनमा सन् २०१२ जुलाई देखि मार्च २०१३ सम्म आवद्ध रही महत्त्वपूर्ण योगदान पुयाएएका उनी चिनको सिचुवान विश्वविद्यालयको अतिथि प्राध्यापक साथै नेपाली सेना कमाण्ड र स्टाफ कलेज, एपिएफ कमाण्ड र स्टाफ कलेजमा अतिथि प्राध्यापकको रुपमा संलग्न छन् ।

को हुन् रजिष्ट्रार

त्यसैगरी टोखा नगरपालिका ११ काठमाडौं स्थायी घर भई वातावरण विज्ञान विषयका प्राध्यापक रहेएका नवनियुक्त रजिष्ट्रार  प्राडा रिजाल वातावरण विज्ञान केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख एवम् नेपाल खुला विश्वविद्यालयमा  विज्ञान स्वास्थ्य तथा प्रविधि संकायका डिन समेत भइसकेका छन् । प्राडा रिजालले भारतको पूणे विश्वविद्यालयवाट वातावरण विज्ञानमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

A Levels MA
Thuprai - Books and E-books