After SEE Portal

पाठ्यपुस्तक छपाई र ढुवानी नै अन्योलपूर्ण (साप्ताहिक शैक्षिक गतिविधि वैशाख १९-२४)

Bridge Course

कोभिड १९ को महामारीका कारण शैक्षिकसत्र २०७७ निर्धारित समयमा पुरा हुन सकेन । विश्वमहामारीको रुपमा फैलिएको कोभिडका कराण शैक्षिक सत्र २०७७ लाई दुई महिना थपेर सरकारले जेठ मसान्तसम्म पुर्याएको छ । नयाँ शैक्षिकसत्र आगामी असार एक गतेदेखि सुरु हुँदैछ । तर नयाँ शैक्षिक सत्र सुरुहुनु अगावै पुनः कोरोनाको चुनौती देखा परेको छ । एकातिर कोरोना महामरी उस्तै छ भने नयाँ शैक्षिक सत्र सुरु गर्न आवश्यक पर्ने अन्य पक्ष पनि अन्योलमा नै देखिएका छन् । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म पाठ्यपुस्तक छपाई र वितरणको कार्य सकेको छैन । कक्षा १–१० सम्मका विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक पुर्याउनु पर्ने शिक्षा ऐनमै व्यवस्था गरेको छ । केन्द्रले पुस्तक छपाई कार्य भइरहेको र बैशाख १६ गतेदेखि विक्रिवितरणको कार्य सुरु गर्ने पूर्व निर्धारित कार्यक्रम तय गरेको थियो तर सोही दिनदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाका कारण ढुवानी, विक्रीवितरण तथा छपाई कार्यनै अन्योल देखिएको छ ।

कक्षा १–४ को २९ लाख ६९ हजार ३४० विद्यार्थी अध्ययनरत रहेको शिक्षा तथा मानव स्रोत केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ । ती विद्यार्थीका लागि केन्द्रले एक करोड २२ लाख ५९ हजार ९२६ थान पाठ्यपुस्तक छपाईको जिम्मेवारी १८ निजी प्रकाशन गृहलाई दिएको छ । कक्षा ५ देखि १० सम्मको छपाईको जिम्मेवारी जनक शिक्षा सामाग्री केन्द्रलाई दिएको छ । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ५–१० सम्मको विद्यार्थीको लागि एक करोड ८४ लाख थान किताब छाप्नु पर्ने छ ।

जनकशिक्षाले एक करोड ७० लाख थान किताब छापिसकेको छ । केही पुस्त्कको ब्यान्डिङ लगायतका काम मात्र बाँकी रहेको जनाउँदै निषेधाज्ञामा असहज भएकाले सोचे जस्तो पाठ्यपुस्तक केन्द्रले बाहिर पठाउन सकेको छैन ।

‘नयाँ शैक्षिक सत्रदेखि कक्षा ६ मा नयाँ पाठ्यक्रम लागु हुने भएकाले छपाइ केही ढिला भएको केन्द्रले जानकारी दियो । असार एक गतेदेखि अनलाइन कक्षा सुरु हुनपूर्व विद्यार्थी र शिक्षकको हातमा किताब नपुगे अनलाइन कक्षा सञ्चालनमा समेत असर पर्ने हुँदा सुगमदेखि दुर्गम जिल्लासम्म किताब पुर्याउन सरकारले सही वातावरण बनाउनु पर्ने केन्द्रको धारणा छ ।

निजी प्रकासन गृहले पनि सबै पाठ्यपुस्तक अझै छापेका छैनन् । अहिलेसम्म ८० लाख थान मात्र छापेको स्रोतले जानकारी दियो । निषेधाज्ञाले छपाईमा समस्या आएको जनाउँदै स्थिति समान्य भए जेठको तेस्रो सातासम्म पुस्तक छपाई र ढुवानी कार्य सम्पन्न गर्ने निजी प्रकाशन गृहका एक प्रकाशक दीपक भण्डारीले बताए ।

सरकारले नयाँ शैक्षिका सत्र अनलाइन कक्षाबाट सुरु गर्न निर्देशन दिएको अवस्थामा पुस्तक विना अनलाइन कक्षा संचालमै कठिनाई हुने सिरुटार माविका प्रधानाध्यापक नारायणप्रसाद पोखरेलले बताए ।

‘नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको वार्षिक परीक्षा अन्योलमा परेको छ ।

परीक्षाको मिति नजिकिँदै जाँदा स्कुले विद्यार्थीहरूमा पनि संक्रमण दर बढेको छ । संक्रमण नियन्त्रण गर्न देशका करिब ६० जिल्लामा निषेधाज्ञा छ ।

यता राष्ट्रिय परीक्षा बोर्ड भने परीक्षाका बारेमा अनिर्णित छ । बोर्डले एसइई र १२ कक्षाको परीक्षाको तयारी पूर्वनिर्धारित तालिकाअनुसार भइरहेको जनाएको छ ।

शिक्षाविद्हरु अहिले कक्षा १० र १२ बाँहेकका अन्य कक्षाका सन्दर्भमा आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षोन्नतिको नीति अपनाउन सरकारलाई सुझाउँदै आएका छन् ।

गत वर्षको पनि कोरोना कै कराण वैशाख २ गतेबाट विद्यालयले कुनै पनि कक्षाको पठनपाठन गर्न सकेनन् । सरकारले पनि असारबाट मात्र वैकल्पिक माध्यमबाट पठनपाठन गर्न जोड दियो । यसको कार्यान्वयन गर्न भने खासै प्रभावकारी योजना ल्याउन नसकेको प्राडा धनप्रसाद सुवेदी बताउँछन् । विभिन्न गैर सरकारी संघसंस्थाले गरेको अध्ययन अनुसन्धान अनुसार वैकिल्पक सिकाइ भनेको अनलाइनबाट मात्र हुन्छ भन्ने मान्यताका कारण करिब २८ प्रतिशत विद्यार्थी मात्र यसको पहुँचमा पुगेको देखिएको छ ।

नुवाकोटको आदर्ष बहुमुखी क्याम्पसले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको कारण देखाउँदै अनलाइन कक्षा नै स्थगित गरेको छ ।

कामु क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेले आज एक सूचना जारी गरी भोलिदेखि २७ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हुनाले उक्त अवधिमा अनलाइन कक्षा स्थगित गरिएको उल्लेख गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले शोध प्रवन्ध अनुसन्धान परियोजनाका लागि प्रस्ताव माग गरेको छ । त्रिवि अन्र्तगतका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुबाट सहकार्यात्मक अनुसन्धान परियोजना र शोध प्रबन्ध अनुसन्धान परियोजना सञ्चालनका लागि त्रिविका शिक्षक, विद्यार्थी, शोद्यार्थीसंग प्रस्ताव माग गरेको हो ।

नेपाल शिक्षक महासङ्घले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।  आज बसेको राष्ट्रिय समितिको आन्दोलन परिचालन समितिको निर्णयले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासङ्घका सह अध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक सञ्जाल केन्द्रित आन्दोलन सार्वजनिक गरिएको छ ।

महासङ्घले पहिलो चरणका कार्यक्रम अन्तर्गत वैशाख २० गतेदेखि ३१ सम्मका लागि चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक ग९साप्ताहिक शैक्षिक गतिविधि वैशाख ११(१७०रेको छ ।

यो हप्ता नै नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्री कृष्णगोल श्रेष्ठलाई ३४ बुँदे विरोधपत्र बुझाएको छ । महासङ्घले विगतमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घ बीच भएको ३० बुँदे सम्झौता कार्यान्वयनमा ध्यानाकर्षणसमेत गराएको छ ।

सङ्घीय शिक्षा ऐन जारी नहुनु, शिक्षक, विद्यालय कर्मचारी र विद्यार्थीका लागि कोभिड विरुद्धको खोप दिने कुरामा सरकारले प्राथमिकता नदिएको, हजारौ शिक्षक, कर्मचारी र विद्यार्थी सङ्कमित हुँदा समेत सरकारले प्राथमिकतामा नरराखेको, ज्यान गुमाएका शिक्षकका लागि सहयोग र क्षतिपूर्तिको कुनै सरकारले नगरेको सो विरो पत्रमा उल्लेख गरिएको छ ।

र्थमन्त्री बिष्णु पौडललाई बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब प्रावि शिक्षक सरह बनाउन स्थायी शिक्षक हकहित मञ्चले ध्यानाकर्षण गराएको छ । मञ्चका संयोजक रमेश बाबु भट्टराईले आज विहान फोन मार्फत अर्थमन्त्रीलाई आफ्ना तीनबुँदे मागसहित ध्यानाकर्षण गराएका हुन् ।

संयोजक भट्टराइले आफूले अर्थमन्त्रीसंग शिक्षकलाई कोरोना खोपमा प्राथमिकता नदिएको, कोरोनाका कारण मृत्यु भएका शिक्षकलाई सान्तवना स्वरुप रु। १० लाख प्रदान गर्नुपर्ने, बिमा लगायतका विषयमा ध्यानाकर्षण गराएको मञ्चले जानकारी दियो ।

A Levels MA