A Levels MA

त्रिविद्वारा खुला अनुसन्धान प्रस्ताव माग

त्रिभुवन विश्वविद्यालयले शोध प्रवन्ध अनुसन्धान परियोजनाका लागि प्रस्ताव माग गरेको छ ।

त्रिवि अन्र्तगतका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुबाट सहकार्यात्मक अनुसन्धान परियोजना र शोध प्रबन्ध अनुसन्धान परियोजना सञ्चालनका लागि त्रिविका शिक्षक, विद्यार्थी, शोद्यार्थीसंग प्रस्ताव माग गरेको हो ।

त्रिविले इच्छुक सम्वद्धपक्षलाई आगामी जेठ १४ गते भित्र अनुसन्धान निर्देशनालयमा आइपुग्ने गरी अनुसन्धान प्रस्ताव पठाउन त्रि।वि। शिक्षाध्यक्षको कार्यालय

अनुसन्धान निर्देशनालयले सूचना जारी गरेको छ । त्रिविद्वारा आव। २०७७र७८ को कार्यक्रम आफ्नो मातहतका सम्पूर्ण अध्ययन संस्थान, र संकाय हरुवाट सहकार्यात्मक अनुसन्धान परियोजना र शोध प्रवन्ध अनुसन्धान परियोजना सञ्चालनका प्रस्ताव माग गरेको हो ।

सहकार्यात्मक अनुसन्धान परियोजना अन्तर्गत विभाग र क्याम्पसका वहालवाला स्थायी शिक्षक र त्यस अन्तर्गतका विद्यार्थीरशोद्यार्थीहरुलाई संलग्न गराई राष्ट्रिय महत्वका सवालहरुमा अन्तरविषयक र बहुविषयक दष्टिकोणवाट बृहत अनुसन्धानका लागि प्रस्ताव माग गरिएको हो ।

शोधप्रवन्ध अनुदान परियोजना अन्तर्गत विभाग र क्याम्पसमा अध्ययनरत नियमित विद्यार्थी र शोद्यार्थीहरुले स्नात्तकोत्तर, एम फिल र विद्यावारिधि उपाधिको लागि गरिने शोद्य कार्यलाई प्रभावकारी बनाइ साना अनुसन्धानको माध्यमबाट ज्ञान निर्माण तथा नीतिगत सुधारका लागि विद्यार्थी र शोद्यार्थीहरुको योगदानलाई स्थापित गर्ने उद्देश्य अनुरुप यो परियोजना संचालन गरिएको अनुसन्धान निर्देशनालयले जनाएको छ ।

Thuprai - Books and E-books