After SEE Portal

शिक्षक महासङ्घद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

Bridge Course

नेपाल शिक्षक महासङ्घले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।  आज बसेको राष्ट्रिय समितिको आन्दोलन परिचालन समितिको निर्णयले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासङ्घका सह अध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक सञ्जाल केन्द्रित आन्दोलन सार्वजनिक गरिएको छ ।

महासङ्घले पहिलो चरणका कार्यक्रम अन्तर्गत वैशाख २० गतेदेखि ३१ सम्मका लागि चरणवद्द आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको कार्यक्रममा शिक्षा मन्त्रालदेखि, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय एकाइ हुँदै स्थानीय सरकार समक्ष विरोधपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

आन्दोलको पहिलो दिन महासङ्घले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय समितिबाट विगतका माग, सम्झौता सहितको विरोध पत्र बुझाउने, २१ गते सातवटै प्रदेशका सामाजिक विकास मन्त्री समक्ष महासङ्घको प्रदेश समिति तथा आबद्ध संस्थाका अध्यक्ष र महासचिवको उपस्थितिमा राष्ट्रिय समितिले मन्त्रालयमा बुझाएको विरोधपत्रको छायाँप्रति बुझाउने, सोही दिन देश भरिका हरेक शिक्षक तथा विद्यालय कर्मचारीले आफ्नो फेसबुक वालमा केन्द्रबाट पोस्ट गरिएको र पठाइएको मूल नारा सहित कालो स्टिकर पोस्ट गर्ने २३ गते सबै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा राष्ट्रिय समितिले मन्त्रालयमा बुझाएको विरोधपत्रको छायाँप्रति बुझाउने, २४ गते सबै स्थानिय तहमा मन्त्रालयमा बुझाएको विरोधपत्रको छायाँप्रति बुझाउने, २६ गते केन्द्रीय स्तरमा राष्ट्रिय समितिले सबै दलका शिक्षा विभाग प्रमुखसँग शिक्षक महासङ्घका माग, सम्झौता र राष्ट्रिय शिक्षा ऐन निर्माण सम्बन्धमा अनलाइन अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम सर्वजनिक गरेको छ ।

त्यस्तै सबै स्थानिय स्तरमा निर्वाचित जनप्रतिनिधि तथा सबै राजनैतिक दलका प्रमुख राखी शिक्षक महासङ्घका माग, सम्झौता र राष्ट्रिय शिक्षा ऐन निर्माण सम्बन्धमा प्रत्यक्ष तथा अनलाइन अन्तरक्रिया गर्ने, ३० अर्थमन्त्री तथा शिक्षा मन्त्रीका मोवाइल नम्बरमा देश भरिका शिक्षक तथाकर्मचारीले बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव वृद्धि गरियोस् भन्ने एउटा मात्र नारा एसएमएस गर्ने । अर्थमन्त्री तथा शिक्षा मन्त्रीका फेसबुक वाल तथा मेसेज बक्समा पनि सोही कुरा लेखेर पठाउने। ३१ गते कोभिड सङ्क्रमणको अवस्था समेत मध्यनजर गरी दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने सो विज्ञप्तिमा उल्लेख गरिएके छ ।

यसका साथै महासङ्घ र मन्त्रालय बिच भएका सबै सहमती लाग हुने गरी सङ्घीय शिक्षा ऐन जारी गराउने, न्यून वेतनमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब बृद्धि गर्ने, स्थायी, राहत, साविक उच्च मावि ,अस्थायी करार, प्राविधिक धार लगायतका सबै शिक्षक र विद्यालय कर्मचारीका न्यायोचित माग पूरा गर्ने, सबै शिक्षक कर्मचारीलाई अविलम्ब कोभिड विरुद्धको खोप लगाउने तथा कोभिड संक्रमितशिक्षक कर्मचारीको लागि विमा र निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारलाई दावाव दिन आन्दोलनको घोषणा गरिएको महासचिव सुवेदीले बताए ।

हाल संस्थागत विद्यालयले शिक्षककर्मचारी निष्कासनलाई रोक्ने लगायतका काममा सरकार समक्ष कडा दबाब र पक्षीकरण गर्न हालको कोभिड संक्रमितको परिस्थिति समेतलाई मध्यनजर गरी पहिलो चरणको आन्दोलन घोषणा गरिएको महासङ्घले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books