After SEE Portal

अर्को साता एसईईको परीक्षा तालिका सार्वजनिक गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ १५–२१)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ ।

बोडका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार अगामी साता बोर्डले वैशाखमा एसइई सञ्चालन गर्न परीक्षाको तालिका सार्वजनिक गर्दै छ।

आगामी दिनमा कक्षा ८ को स्थानीय तह, कक्षा १० को प्रदेश र कक्षा १२ को राष्ट्रिय स्तरमा परीक्षा सञ्चालन गर्ने कार्ययोजना बनाइरहेको बोर्डले यो वर्षको परीक्षा केन्द्रबाट नै सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजर्निक गर्ने तयारीमा जुटेको हो । बोर्डमा कक्षा १० को वैशाखमा कक्षा १२ को परीक्षा जेठमा गर्नेगरी तयारी भएको छ ।

 आगामी दिनमा भने एसईई सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी समेत बोर्डले सुरु गरेको छ।

परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव लिएर बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको मन्त्रालय उच्च स्रोतले जानकारी दियो ।स्रँेतका अनुसार हिजो उक्त प्रस्ताव शिक्षा मन्त्रालयमा डा. शर्माले पुर्याएका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा ऐनको मौस्यादा तत्काल सार्वजनिक गर्ने सार्वजनिक अभिव्यक्ति दिई रहेको समयमा अध्यक्ष डा. शर्माले नीतिमा नै उक्त व्यवस्था समावेश गर्ने प्रस्ताव लिएर गएको मन्त्रालय स्रोतको दाबी छ ।

वर्तमान संविधानले माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन र सञ्चालनको जिम्मा स्थानीय तहलाई र कक्षा १० को परीक्षाको जिम्मा प्रदेश सरकारलाई प्रदान गर्ने जिम्मा सुम्पिएसंगै एसईईको जिम्मा प्रदेश सरकारलाई प्रदान गर्ने चौतर्फी दवाव आएसंगै बोर्ड पनि कानुनी उल्झन सुल्झाउने प्रयत्नका साथ प्रस्ता मन्त्री परिरषद्मा लिएर गएको हो । अध्यक्ष शर्माका अनुसार एसईईका विषयमा देखिएका विभिन्न बाधा फुकाउन बिहीबार बोर्डले प्रदेश सचिवको अध्यक्षतामा परीक्षा सञ्चलान तथा व्यवस्थापनको जिम्मेवारीसहित समिति बनाएर अघि बढ्ने प्रस्ताव मन्त्रालयमा लिएर गएको हो ।

सो समस्या फुकाउन बोर्डले सातै प्रदेशका सचिवको अध्यक्षतामा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति बनाएर अघि बढ्न शिक्षा मन्त्री समक्ष प्रस्ताव पेश गरेको छ।

गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि भौतिक रुपमा पठनपाठन गराउने भएको छ । नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीको चाहना तथा शिक्षा समितिको १८ गतेको बैठकले नगरपालिकाभित्रका सबै विद्यालय, शिक्षालय भौतिक रुपमा खुल्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा) मा शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धी आएका फायल नै सही नआएको पाइएको छ ।

केन्द्रमा शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरको चनं ४५३ लगायत अन्य जिल्लाहरुबाट समेत विभिन्न चनं र मितिमा पठाइएका शिक्षकको छुट प्राविधिक ग्रेड सम्बन्धी सक्कलै फाइलहरु केन्द्रमा प्राप्त भएको भए पनि तोकिएको ढाँचामा एकिन गरी एकीकृत विवरण पठाउनु पर्नेमा अन्यथा भएको हो ।

शिक्षक अस्पताल चितवनको भरतपुरमा निर्माण हुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले भरतपुर महानगरपालिका वडा नम्बर १५, भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालय धमाधम परीक्षा तालिका सार्वजनिक गर्दै

पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले माघ १० को सूचना मार्फत स्थगित गरिएको स्नातक तह ईञ्जिनियरिङ कार्यक्रमको पहिलो सेमेष्टरको बाँकी परीक्षा र एमबीए कार्यक्रमको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

कोभिडका कारण स्थगित गरेको परीक्षा त्रिभुवन विश्वविद्यालयले फागुन एक गतेदेखि सञ्चालन गर्ने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेर समय तालिका सार्वजनिक गरेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना मागेका छन् । सोमबार मन्त्रालयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहितको छलफलमा मन्त्री पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका हुन् ।

आठ महिनामा नेपाल खुला विश्वविद्यालयले उपकुलपति प्राप्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रा।डा। शिलु बज्राचार्य मानन्धरलाई नियुक्त गरेको हो ।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तरगतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

चिकित्सा शिक्षा आयोगबाट माघ ०८ देखि १० गतेसम्म सञ्चालन भएको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

A Levels MA