SEE Result 2082

चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तरगतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

चिकित्सा शिक्षा आयोगबाट  माघ ०८ देखि १० गतेसम्म सञ्चालन भएको चिकित्सा शिक्षा स्नातकोत्तर तहका  शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदबारको हकमा सो अङ्क सहित समावेश गरी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरिएको आयोगद्वारा जारी गरिएको  नतिजामा उल्लेख गरिएको छ ।

प्रकाशित नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारहरुले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचामा हिमालयन बैंक लिमिटेडको च।हि।नं।  ०४३०८२३१६७००१७ मा मा जम्मा हुने गरी रु।एक हजार  दस्तुर बुझाएको नकल भौचर संलग्न राखी  १७ गते बिहान १०ः०० बजेदेखि १९ गते अपरान्ह ५ बजे भित्र आयोगमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

नतिजा हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal